PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौंको खाल्डाखुल्डी कहिले पुरिन्छ? - सांसदहरु, अझै केही दिन लाग्छ - प्रम ओली



काठमाडौंको खाल्डाखुल्डी कहिले पुरिन्छ? - सांसदहरु, अझै केही दिन लाग्छ - प्रम ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रदेश तीनका सांसदहरुले काठमाडौंको खाल्डाखुल्डी नपुरिएको भन्दै गुनासो पोखेका छन्। अव्यवस्थित शहरीकरणका कारण राजधानीमासमेत बाढी पसेको गुनासो सांसदहरुले प्रधानमन्त्री समक्ष गरेका छन्।

प्रदेश ३ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने ने क पाका सांसदहरुले प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटेर गुनासोहरु पोखेका छन्।

प्रधानमन्त्री र मन्त्रीहरुले घोषणा गरे बमोजिम काठमाडौंको सडकका खाल्डाखुल्डी नपुरिएको भन्दै सांसदहरु कहिलेसम्म पुरिने भनेर जिज्ञासा राखेका थिए। 

जवाफमा प्रधानमन्त्री ओलीले यसअघिको सरकारले सबै अव्यवस्थित गरेको बताएका थिए। छलफलमा सहभागी सांसदका अनुसार प्रधानमन्त्रीले खाल्डाखुल्डी पुर्न अझै केही दिन लाग्ने जवाफ दिएका थिए।

प्रदेश तीनका सांसदहरुले बजेटप्रति पनि असन्तुष्टि जनाएका थिए। जिल्लागत हिसाबले उपयुक्त बजेट वितरण नभएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए।

बजेट बारेको जवाफमा प्रधानमन्त्री ओलीले संघीयताको अभ्यास पहिलो पटक भएकोले मिलाउन असजिलो भएको बताए। प्रधानमन्त्रीले तीन तहको सरकार मिलाउँदा प्रदेश ३ मा बजेट व्यवस्थापनमा समस्या भएको स्वीकार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell