PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कर्णालीमा उद्धार टोलीसहित हेलिकोप्टर तयारीमा, सतर्कता अपनाउन आग्रह  



पी बी खड्का

कर्णालीमा उद्धार टोलीसहित हेलिकोप्टर तयारीमा, सतर्कता अपनाउन आग्रह  

सुर्खेत: मनसुन सक्रिय भएपछि पछिल्लो समय बाढीपहिरोका घटना बढिरहेका छन्। कर्णाली प्रदेशको राजधानीलगायत अन्य जिल्लासमेत बाढी पहिरोको चपेटामा पर्दै आएको छ। प्रदेशको राजधानी समेत उच्च जोखिममा रहेकाले सर्तकता अपनाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयले आग्रह गरेको छ।
 
राजधानी उपत्यकाको उत्तरी क्षेत्रमा पर्ने स्थानहरु पहिरोको उच्च जोखिम रहेका छन् भने, जाजरकोट, दैलेख, कालिकोट, मुगु, हुम्ला, सल्यान, मुगु, रुकुम लगाएतका जिल्लाका नागरिक संयमित हुन मन्त्रालयले आग्रह गरेको छ। 

प्रदेशमा भौगोलिक विकटता र खोलानाला भएकाले बाढी, पहिरो भु–क्षय आउन सक्ने हुनाले समयमै सचेत रहन आग्रह गरेको हो।
 
मन्त्रालयले सम्भावित हुन सक्ने घटना न्युनिकरण गर्न, उद्धार गर्न र तत्काल राहत पुर्‍याउन आवश्यक चाँजोपाजो मिलाइसकेको मन्त्रालयका उप–सचिव भक्तबहादुर कार्कीले जानकारी दिए। प्रदेशका दश जिल्ला भौगोलिक विकटता भएकाले हुन सक्ने प्राकृतिक प्रकोपका घटनालाई तत्काल रेस्क्यू गर्न उद्धार टोली समेत तयारी अवस्थामा राखिएको उनले बताए।
 
प्रदेशका जिल्ला प्रशासन कार्यालय मार्फत प्रत्येक स्थानीय तहलाई सचेत गराउन समेत निर्देशन दिईसकेको जनाए। अव मनसुन सुरु भएसँगै कर्णालीमा वर्षातले खोलानाला, बाढी सडक पहिरोको उच्च जोखिममा रहेका सर्वसाधारणलाई सर्तकता अपनाउन आवश्यक सूचना र जानकारीहरु मन्त्रालयबाट प्रवाह गरेको बताए।
 
हेलिकोप्टरसहित उद्धार टोली तयारीमा
 
कर्णाली प्रदेशमा मुख्यमन्त्रीको संयोजक्त्वमा विपद् व्यवस्थापन समिति समेत गठन गरिएको छ। यो समितिले अचानक भइपरी आउने प्राकृतिक प्रकोपका घटना हुन नदिने र घटना भएको बेला तत्काल उद्धार गर्ने, राहत सामग्री पुर्‍याउने लगाएतका काम गर्ने जनाईएको छ। 

कर्णालीमा आउने आपतकालिन उद्धारका लागि र राहत सामग्री तत्काल पुर्‍याउन संघीय सरकारले नेपाली सेनाको हेलिकोप्टर सुर्खेतको विमानस्थलमा तयारी अवस्थामा राखेको उपसचिव कार्कीले बताए।
 
घटनास्थल पुग्न तत्काल करिव दुईसय नेपाली सेना, ३५ नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक सय पचास जनाको छुट्टाछुट्टै टोली तयारी अवस्थामा राखिएको छ। प्रदेश सरकारले सुरक्षा निकाय संग, रेडक्रस, जिल्ला प्रशासन कार्यालय, लगाएत स्थानीय सरकारसँग समन्वयकारी भूमिकामा वर्षातको समयमा हुने जोखिमलाई रोकथाम गर्न लागि परेको बताए।
 
प्रदेश राजधानीदेखी जिल्ला, जिल्लादेखी विभिन्न स्थानीय तहसम्म जोड्ने सडकहरु अवरुद्ध भएमा तत्काल सुचारु गर्न आवश्यक सामग्रीहरुको पनि व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

केन्द्र सरकारले प्रदेश सरकारलाई तत्काल घटनास्थलका लागि एकसय थान त्रिपाल, आवश्यक थप राहत सामग्री, नेपाल रेडक्रस र जिल्ला प्रशासनले मौज्दात राखेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell