PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एसियन गेम्स : भलिबलमा नेपाल, दक्षिण कोरिया र चाइनिस ताइपेई एउटै समूहमा



पहिलोपोस्ट

एसियन गेम्स : भलिबलमा नेपाल, दक्षिण कोरिया र चाइनिस ताइपेई एउटै समूहमा

काठमाडौं : आगामी अगस्टदेखि सेप्टेम्बरसम्म इन्डोनेसियामा हुने १८औँ एसियन गेम्स अन्तर्गत भलिबलको ड्र सार्वजनिक भएको छ।

पुरुष भलिबलको ड्र अनुसार नेपाल, दक्षिण कोरिया र चाइनिज ताइपेई समूह डी मा छ।

नेपालले पुरुष भलिबलमा मात्र भाग लिदैँछ।। पुरुष भलिबलमा सहभागिता जनाउने २० टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। ४ वटा समूहमा ३-३ तथा २ समूहमा ४-४ देश समावेश छन्।

पुरुष भलिबल अगस्ट २० देखि सेप्टेमवर १ सम्म हुनेछ। आयोजक इन्डोनिसया र अन्य १५ राष्ट्र स्वत एसियन गेम्सको लागि छनोट भएका हुन् भने नेपालसहित कीर्गिस्तान, मंगोलिया, श्रीलंका र भियतनामलाई कोटा सिस्टमबाट छनोट भएका छन्।

नेपाली पुरुष टिमले एसियन गेम्सको लागि तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell