PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

हिमालमा दाउरा बाली ताउलोमा भात पकाउँदा ‘ग्लोबल वार्मिङ’को आरोप लाग्योः प्रम ओली



पहिलोपोस्ट

हिमालमा दाउरा बाली ताउलोमा भात पकाउँदा ‘ग्लोबल वार्मिङ’को आरोप लाग्योः प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनबाट भइरहेको क्षतिको न्यूनिकरणमा लाग्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा मदन भण्डारी कला सहित्य प्रतिष्ठानले आयोजना गरेको हिमोवत् खण्ड कला साहित्य सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

ग्लोबल वार्मिङका कारण हिमोवत् खण्ड समस्यामा परेको उनले बताए। ‘ग्लोबल वार्मिङका कारण हिमालहरु पग्लिँदै छन्। हिमनदीहरु हराउँदै छन्, यसको संरक्षण गर्नुपर्ने छ,’ उनले भने, ‘ग्लोबल वार्मिङले साना टापु राष्ट्रहरु अस्तित्व नै खतरामा पर्ने स्थितीमा पुगेका छन्। यस दिशामा पनि हामीले ध्यान दिन जरुरी छ।’

चुलो बालेकैले नेपाल कार्वन उत्सर्जनमा आरोपित भइरहेको उनको भनाई थियो। ‘प्रदुषित समुद्रबाट वाफ उडेर हाम्रो हिमालमा एसिडिक आइस फल हुने यो बहुतै खतरनाक छ। अनि हामी हिमाली हौँ। हाम्रो घरको सिरानमा हिमाल भएकाले हिमाल हामीले पगालेको जस्तो आरोप हामीमाथि। हिमालको फेदमा तीन वटा दाउरा जोडेर दुईवटा एउटा ताउलोमा खाना बनाएकाले नेपालकै कारण ग्लोबल वार्मिङ भएको जस्तो कुरा आउँछ।’

अहिले विश्व तापक्रम वृद्धि, ग्लासियर मेल्टिङलगायतका कुराहरुबाट ग्रसित भइरहेको उनले बताए। उनले नेपाललाई वातावरणको चिन्ता भएको समेत बताए। वातावरणीय प्रदुषणका मानवीय कारण अन्त्य गरी हिमालको संरक्षण गर्दै समुद्रको समेत संरक्षण हुने प्रधानमन्त्री ओलीको भनाई थियो।

प्रधानमन्त्री ओलीले यस क्षेत्रको कला साहित्यमा यी साझा चासोका विषयहरु उठ्नुपर्ने बताए। हिमोवत् खण्डको कला साहित्य संस्कृतिको संरक्षणका लागि यस क्षेत्रका कलाकर्मीहरुको साझा मञ्च स्थापना गर्न उनले सुझाब दिए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell