PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फ्रान्सले विश्वकप जिते प्रशिक्षक डिडिएर डेसच्याम्प्सले बनाउनेछन् यस्तो कीर्तिमान



पहिलोपोस्ट

फ्रान्सले विश्वकप जिते प्रशिक्षक डिडिएर डेसच्याम्प्सले बनाउनेछन् यस्तो कीर्तिमान

रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप फाइनलमा फ्रान्स र क्रोएसिया आइतवार प्रतिस्पर्धा गर्दैछन्।

वर्तमान प्रशिक्षक डिडिएर डेसच्याम्प्स कप्तान हुँदा फ्रान्सले सन् १९९८ मा घरेलु भूमिमा विश्वकप ट्रफी उचालेको थियो।

२० वर्षपछि डेसच्याम्प्स पुन: विश्वकपको ट्रफी उचाल्न संघारमा पुगेका छन्। त्यसका लागि 'लेस ब्लुज' टोलीले जल्ट्को डालिकको क्रोएसियालाई पराजित गर्नुपर्नेछ। क्रोएसिया त्यही टोली हो जसलाई फ्रान्सले १९९८ को सेमिफाइनलमा हराएको थियो। पहिलो सहभागितामा सेमिफाइनसम्म पुगेको क्रोएसिया पहिलो पटक फाइनल पुगेको हो।

यदी फ्रान्सले उपाधि जितेका डेसच्याप्स खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप उपाधि जित्ने तेस्रो व्यक्ति बन्नेछन्। यसअघि ब्राजिलका मारियो जागोलो र जर्मनीका फ्रान्ज बेकनबाउरले मात्र यस्तो सफलता हात पारेका छन्। बेकनबाउरले आफ्नै कप्तानीमा विश्वकप जिताएका थिए।

सन् १९५८ र १९६२ मा लगातार दुई पटक खेलाडीको रुपमा विश्वकप जितेका जागोलेले ८ वर्षपछि नै १९७० मा ब्रजिललाई प्रशिक्षकको रुपमा विश्वकप जिताए। विश्वकप जित्ने ब्राजिलको १९७० को टोलीलाई अहिलेसम्मकबै उत्कृष्ट टोली मानिन्छ।

यस्तै १९७४ मा जर्मनी टोलीको कप्तानी गर्दै विश्वकप जितेका बेकनबाउरले १९९० मा प्रशिक्षकको रुपमा ट्रफी उचाल्ने मौका पाए।

डेसच्याम्पसले २०१८ विश्‍वकपको उपाधि जित्न सके कप्तान र प्रशिक्षकको रुपमा विश्वकप जित्ने बेकनबाउरको कीर्तिमान बराबरी गर्नेछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell