PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सप्तरी प्रिमियर लिग : बोदे बर्साइन थन्डरको विजयी सुरुवात



पहिलोपोस्ट

सप्तरी प्रिमियर लिग : बोदे बर्साइन थन्डरको विजयी सुरुवात

काठमाडौँ : सप्तरी क्रिकेट संघको आयोजनामा प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगितामा बोदे बर्साइन थन्डरले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा बोदे बर्साइन थन्डरले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको हो।

टस जितेर ब्याटिश्र गरेको सिद्धान्त लोहनी कप्तान रहेको बोदे बर्साइनले १९.१ ओभरमा ८६ रन बनाउन सक्यो। जवाफमा ८७ रन लक्ष्य पछ्याउने क्रममा जित नजिक पुगेको तिलाठी कोइलाडी ४ रनले चुक्यो।

अन्तिम ओभरमा जितको लागि २४ रन आवस्यक रहंदा तिलाठी कोइलाडीका ब्याट्सम्यान विकास दासले लेग स्पिनर बिक्रम भुसालको पहिलो २ बलमा तथा ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेल रोमान्चक स्थितिमा पुर्‍याएका थिए। अन्तिम २ बलमा ६ रन आवस्यक रहंदा पाँचौ बलमा रन बनेन भने अन्तिम बलमा विकासले १ रन मात्रै बनाउन सक्दा मेहबुब आलम कप्तानीको टिमले हार बेहोर्न बाध्य भयो।

बोदे बर्साइनको लागि रोहन बिकले सर्वाधिक १८ रन तथा सन्दिप ढुंगानाले १३ रन बनाएका थिए। तिलाठीका बलर घनश्याम साहले ४ विकेट तथा दिब्यान्शु मालिक र मेहबुब आलमले समान २/२ विकेट लिए। तिलाठीका ब्याट्सम्यान विकास दासले अविजित २४ रन तथा मिनास थापाले १५ रन बनाए।

खेलको प्लेयर अफ द म्याच ४ विकेट लिएका बोदेका बलर नन्दन झा घोषित भए। उनलाई राजबिर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले अवार्ड तथा १ हजार ५०० प्रदान गरे।

प्रतियोगिताको शुक्रबार खेलिने एकमात्र खेलमा बिहान ११ बजे सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साइन थन्डर र हसिम अन्सारी कप्तानीको बजाज खडक वारियार्स प्रतिस्पर्धा गर्नेछन्। ३ टिम सहभागी प्रतियोगिताको खेलाडीहरु अक्सन मार्फत चयन गरिएको थियो।

पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालय मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाको मेयर सम्भु यादबले गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell