PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लुका मोडरिच : शरणार्थी देखि विश्वकप फाइनल पुग्ने क्रोएसियाको कप्तानसम्म



पहिलोपोस्ट

लुका मोडरिच : शरणार्थी देखि विश्वकप फाइनल पुग्ने क्रोएसियाको कप्तानसम्म

लुका मोडरिच पहिलो पटक विश्वकपको फाइनल पुग्ने क्रोसियाली टिमको कप्तान। आइतवार फ्रान्सलाई हराउन सके उनको नाममा अर्को ठूलो उपलब्धी पनि थपिनेछ। क्रोएसियालाई पहिलो पटक विश्वकपको उपाधि जिताउने टिमको कप्तान।

मोडरिच वर्तमान समयका उत्कृष्ट मिडफिल्डर हुन् त्यसमा कुनै शंका छैन। फुटबल खेल जित्न चाहिने तत्व मिडफिल्ड हो र क्रोएसियाको बलियो पक्ष भनेको नै मोडरिचको नेतृत्वमा रहेको मिडफिल्ड हो। उनलाई उपकप्तान इभान राटिकिच, मार्सेलो ब्रोजोभिच र इभान पेरिसिकले गतिलो साथ दिइरहेका छन्।

मोडरिच र राकिटिच ला लिगामा दुई चिरिपरिचित क्लब रियल मड्रिड र बार्सिलोनाबाट खेल्छन् तर राष्ट्रिय टिममा भने यी दुई जोडी उदाहरणीय बनेको छ। राकिटिच कुनै शंकोच नमानी मोडरिचलाई क्रोएसियन फुटबलको उत्कृष्ट खेलाडी मान्छन्। राकिटिचले मोडरिचलाई अर्कै ग्रहबाट आएको र क्रोएसिएन टिमका लागि खेल्ने अहिलेसम्मकै उत्कृष्ट खेलाडी भनेका छन्।

रसियामा भइरहेको विश्वकप २०१८ मा मोडरिचले २ गोल मात्र गरेका छन्। तर उनको उपस्थित र नेतृतत्व क्रोएसियाली टिममा लागि गोल भन्दा महत्वपूर्ण छ। उनले समूह चरणको पहिलो खेलमा नाइजेरिया विरुद्ध पेनाल्टीमा पहिलो गोल गरेका थिए। यस्तै दोस्रो खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना विरुद्ध ३-० को जित हात पार्दा मोडरिचले टिमका लागि दोस्रो गोल गरेका थिए।

यस्तै नकआउट राउण्डमा डेनमार्क र रसिया विरुद्ध पेनाल्टीसुटआउटमा जित हात पार्ने क्रममा पनि उनले पेनाल्टीबाट गोल गरेका थिए।

युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र बनेपछि सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको क्रोएसियाले सेमिफाइनलमा पुग्दै शनसनी मच्चाएको थियो। त्यतिखेर डेभोर सुकर, कप्तान जोनिमिर बोभोन, रोवर्ट प्रोस्निकी जस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए।

अहिले त्यो भन्दा पनि बढी उपलब्धी हासिल गर्ने टिमको नेतृत्व गरिरहेका मोडरिच सामु क्रोएसियालाई पहिलो पटक विश्व विजेता बनाउँदै अन्तर्राष्ट्रिय फुटबलमा सुदख अन्त्य गर्ने अवसर छ।

सन् १९९४ देखि १९९९ सम्मको क्रोएसियाली टिममलाई स्वर्णिम पुस्ताको टिम मानिँदै आएको थियो। अहिलको क्रोएसियाली टिमको स्टार मोडरिच नै हुन् त्यसमा कुनै शंका छैन।

सन् २००६ मा अर्जेन्टिना विरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका मोडरिचले क्रोएसियन राष्ट्रिय टोलीका लागि १११ खेल खेल्दै १४ गोल गरेका छन्।

स्पानिस क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका मोडरिच विशेषत सेन्ट्रल मिडफिल्डमा बढी खेल्छन्। आवश्यक परेको बेला उनी अट्याकिङ मिडफिल्डर र डिफेन्सिभ मिडफिल्डरको रुपमा पनि खेल्न माहिर छन्।

क्रोएसियाको लागि सर्वाधिक खेल खेल्नेमा मोडरिच पूर्व कप्तान डारियो श्रना (१३४) र पूर्व गोलकिपर स्टिप प्लेटिकोसा (११४) भन्दा भन्दा मात्र पछि छन्।

इभान राकिटिच र मारियो मान्डुकिचसँगै मोडरिचको यो टोलीलाई क्रोएसियाको 'सेकेण्ड गोल्डेन जेनेरेसन' को रुपमा हेरिएको छ।

उनले डेभोर सुकरसँगै क्रोएसियन फुटबलर अफ दि इअरको अवार्ड ६ पटक जितेका छन्। ब्लिचर रिपोर्टले क्रोएसियाको इतिहासमा दश उत्कृष्ट खेलाडीको लिस्टमा मोडरिचलाई चौथो नम्बरमा राखेको छ।
 

 

शरणार्थीदेखि विश्वकपको फाइनलसम्म

मोडरिच अहिलेका स्टार मिडफिल्डर हुन् तर उनको विगत भने धेरै दुखदायी छ। क्रोएसियाको जदार भन्ने ठाउँमा जन्मेका मोडरिच शरणार्थी हुँदै विश्वकपको फाइनल पुग्ने क्रोएसिन टिमको कप्तानसम्म बन्दा लामो कथा जोडिएको छ।

मोडरिच सन् १९८५ सेप्टेम्वर ९ मा सोसिएल रिपव्लिक अफ क्रोएसियाको जादार भन्ने ठाउँको नजिकै रहेको जाटोन ओब्रोभाकीमा जन्मेका हुन्।

उनी स्टिभ मोड्रिचको पहिलो सन्तान हुन्। उनको चाइल्डहुट सन् १९९१ मा भएको क्रोएसिया स्वतन्त्रता युद्धमा बित्यो। युद्ध निरन्तर हुँदा उनको परिवार त्यहाँबाट अन्तै सर्न बाध्य भयो।

१९९१ मा सर्व क्रान्तिकारीहरुले मोडरिचको परिवारको घर जलाउनुका साथै उनका हजुरबुबा लगायतलाई अपरहरण गरे। त्यसपछि मोडरिच शरणार्थी बने। उनी त्यसपछि ७ वर्षसम्म परिवारसँग होटल कोलोभारेमा बस्यो। पछि उनीहरु होटल इजमा सरे। दुवै होटल जदारमै थियो।

त्यस समय उक्त शहरमा हजारौँको संख्यामा ग्रिनेट बल फालिन्थ्यो। र फुटबल नै त्यसलाई बिर्सने माध्यम बन्यो।

मोडरिचले त्यस समयमलाई आफ्नो परिवारको लागि कठिन समयम भएको बताएका छन्। उनलाई त्यतिखेर युद्धको बारेमा त्यति थाहा हुन्थेन किनकी उनका साथीहरुलाई परिवारले युद्धको असर नपरोस् भने चाहन्थे।

कठिन परिस्थितिमा पनि मोडरिचले फुटबल खेल्न सुरु गरे। विशेष गरी उनी होटलको पार्किङ गर्ने ठाउँमा खेल्थे। सन् १९९२ मा जतिबेला मोडरिच ७ वर्षका थिए उनी प्राइमरी स्कुलमा भर्ना भए र स्पोर्टिङ एकेडेमीमा पनि। एकेडेमीले मोडरिचलाई केही रकम पनि दिन्थ्यो।

परिवारको समर्थन पछि मोडरिचले क्याम्पमा सहभागिता जनाएर र एनके जदारमा ट्रेन गर्ने अवसर पाए। उनी प्रशिक्षक डोमागोज बासिस र युथ एकेडेमीको प्रमुख टिमसलाभ बासिकको अन्डरमा प्रशिक्षण गर्थे। टोमिसलाभलाई मोडरिचको स्पोर्टिङ फादरको रुपमा लिइन्छ।

सानो र लजालु स्वभावका भएका कारण उनलाई क्रोसिएन पावरहाउस हाजडुक स्प्लिटले लिन मानेन। त्सयसपछि उनले आफ्नो क्षमता देखाए साथै इटलीमा भएको युथ टुर्नामेन्टमा पनि उत्कृष्ट प्रदर्शन गरे। त्यसपछि टोमिसलाभले नै मोडरिचलाई सन् २००२ मा डिनामो जाग्रेवमा जाने बन्दोबस्त मिलाइदिए। जतिबेला मोडरिच १६ वर्षका थिए। जाग्रेवको युथ टोलीमा एक वर्ग बिताएपछि मोडरिच बोस्निया एण्ड हर्नगोभिनाको प्रिमियर लिग ज्रिन्सकी मोस्टरमा २००३ मा लोनमा गए।

त्यस समयमा मोडरिचले आफूलाई भर्सटायल खेलाडीको रुपमा स्थापित गरे साथै उनी १८ वर्षको उमेरमै त्यहाँको लिगको 'प्लेअर अफ दि इअर' घोषित भए। मोडिरिचले पछि भनेका थिए, 'यदी कसैले बोस्नियन लिगमा खेल्न सक्छ भने उसले जहाँसुकै खेल्न सक्छ'। आफ्नो शारीरिक बनोटसँग जोड्दै उनले त्यो भनेका थिए। त्यसको अर्को वर्ष उनी क्रोसिएन क्लब इन्टर जाप्रेसिसमा लोनमा पुगे। जहाँ उनले एक सिजन बिताए र क्रोसिएन फस्ट फुटबल लिगमा दोस्रो स्थान दिलाउन तथा युइएफए कपको प्रिलिमिनरी राउण्डमा स्थान बनाउन क्लबलाई सहयोग गरे।

सन् २००४ मा मोडरिचले क्रोएसियन फुटबल होप अफ दि इअरको अवार्ड जिते। त्यसको अर्को वर्ष उनी डिनामो जाग्रेबमै फर्किए। जाग्रेबमा उनले लगातार ३ लिग टाइटल र डोमेस्टिक कप जिते।

जाग्रेबमा ३ वर्ष बिताएपछि मोडरिच प्रिमियर लिग क्लब टोटनहम हट्सपरमा अनुबन्ध भए। जहाँ उनले पाँच वर्ष बिताउँदा १२७ खेलमा १३ गोल गरे। २०१२ देखि मोडरिच हालसम्म ला लिगामा रियल मड्रिडका लागि खेलिरहेका छन्। रियलका लागि १६६ खेल खेलिसकेका उनले ९ गोल गरेका छन्।

अर्जेनटिना विरुद्ध जित हासिल गरेको खेलमा उनले क्रोएसियाको लागि २००६ मा बासेलमा भएको खेलमा डेब्यु गरेका हुन्। त्यही वर्ष जर्मनीमा भएको विश्वकप २००६ मा उनी क्रोएसियन टिममा परे। उनले समूह चरणमा जापान र अष्ट्रेलिया विरुद्धको खेल खेलेका थिए। मोडरिचले क्रोएसिएन टिनबाट २००८, २०१२ र २०१६ को युरोकप खेले। यस्तै २००६ र २०१४ को विश्वकप समेत खेले।

मोडरिच तेस्रो पटक विश्वकप खेलिरहेका छन्। उनको टिमलाई यसपटक सन् १९९८ को स्वर्णिम पुस्ता भन्दा राम्रो प्रमाणित गर्ने मौका रहेको छ र त्यसको नेतृत्व गर्ने मौका मोडरिचले पाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell