PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मोफसल प्रचारमा 'चि मुसी चि'



पहिलोपोस्ट

मोफसल प्रचारमा 'चि मुसी चि'

काठमाडौं : फिल्म 'चि मुसी चि' टिम मोफसल प्रचारका लागी पूर्वी नेपालको विर्तामोड र धरानमा पुगेको छ। निर्माण टिमले त्याहाँ कन्सर्ट पनि सम्पन्न गर्‍यो।

कन्सर्टमा दर्शक बाक्लो उपस्थिती रहेको फिल्मका निर्देशक दिनेश श्रेष्ठले बताए। फिल्मका मुख्य कलाकार सुनिल क्षेत्री र अलिशा शर्माले कन्सर्टमा नृत्य प्रस्तुत गरेका थिए। नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि कन्सर्टमा नृत्य प्रस्तुत गरेकी थिइन्। फिल्म कै गीतमा उनीहरुले नृत्य प्रस्तुत गरेका थिए।

टिम विर्तामोड, धरानसँगै हरिवन, हेटौँडा, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा कन्सर्टका लागी पुग्नेछन्।

फिल्म 'चि मुसी चि' साउन ११ देखी प्रदर्शनमा आउनेछ। फिल्ममा सुनिल र अलिशासँगै सुशान्त कार्की,  शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतको अभिनय छ। फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको छायाँकन  र सम्पादन भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell