PahiloPost

Sep 26, 2018 | १० असोज २०७५


हनुमन्ते खोलाको बाढीले भक्तपुरका बस्ती डुबानमा, बिहीबार दिनभर नै मौसम सक्रिय रहने


पहिलोपोस्ट

हनुमन्ते खोलाको बाढीले भक्तपुरका  बस्ती डुबानमा, बिहीबार दिनभर नै मौसम सक्रिय रहने

काठमाठौँः गएरातिदेखिको अविरल वर्षाका कारण भक्तपुरमा हनुमान्ते खोला आसपासका किनाराका बस्ती डुबानमा परेका छन्। अविरल वर्षाका कारण किनाराका बस्तीका घरहरु डुबानमा परेका छन्। यस्तै, मनोहरा खोलाको बहावले पनि खतराको तह पार गरेको छ।

हनुमान्ते खोलाको बाढीका कारण बालकोट खोला आपासका बस्ती पनि डुबानमा परेका छन्।

राससका अनुसार बाढीका कारण जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ। यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन्। मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन्। 

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन्। राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए।  

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ। प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ। यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाई छ। 

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन्। मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेका छन्। 

यता मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको यहाँका बासिन्दा अमर थापाले बताए।

बाढी पूर्वानुमान शाखाले मनोहरा नदीमा उच्च बहाव भइरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पनि आग्रह गरेको छ। विष्णुमती, नख्खु, बागमती लगायतका नदीहरुमा भने बहावले खतराको तह पार नगरेको शाखाको भनाई छ।

 

दिनभर पानी पर्ने

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिनभर देशभर नै मौसम सक्रिय रहने जनाएको छ। देशका मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ।

बिहीबार साँझ  र राति पनि देशभरि नै मौसम बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

बिहिवार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ।



हनुमन्ते खोलाको बाढीले भक्तपुरका बस्ती डुबानमा, बिहीबार दिनभर नै मौसम सक्रिय रहने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट