PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

'गोल्डेन ग्लोब'को हकदार क्रोएसियाका ड्यानिजेल सुबासिक



'गोल्डेन ग्लोब'को हकदार क्रोएसियाका ड्यानिजेल सुबासिक
फोटो : Getty Images

ड्यानिजेल सुबासिक रसियामा जारी विश्वकपमा उत्कृष्ट गोलकिपरका रुपमा उदाएका छन्। क्रोएसियाली टोलीलार्इ सेमिफाइनलसम्म पुर्‍याउन सुबासिकले महत्वपूर्ण भूमिका निभाएका छन्। समूह चरणमा अर्जेन्टिनालार्इ पराजित गर्दा उनले विश्वकै उत्कृष्ट फुटबलर लियोनल मेसीलार्इ रोक्न सफल भएका थिए। 

आयोजक रसियालार्इ क्वाटरफाइनल खेलमा पराजित गर्ने क्रममा उनले पेनाल्टी सुटआउटमा रसियाका फेडोर स्मोलोभको प्रहार रोकेका थिए। यस्तै प्रिक्वाटरफाइनल खेलमा पनि उनले डेनमार्कका ३ खेलाडी (साइमन जाएर, लास सोएन र निकोलाइ जर्गेनसन) ले प्रहार गरेको पेनाल्टी रोक्न सफल भएका थिए। सुबासिसको उत्कृष्ट प्रदर्शनले गर्दा सन् १९९० मा अर्जेन्टिनापछि एउटै विश्वकपमा दुई वटा पेनाल्टी सुटआउटमा विजयी हुने क्रोएसिया पहिलो टिम बन्न सफल भयो।

१९९८ विश्वकपमा पहिलोपटक सहभागी हुँदा नै तेस्रो भएको क्रोएसिया यसपाली फाइनलमा पुग्दै नयाँ इतिहास बनाउने होडमा रहेको छ। त्यसका लागि ड्यानिजेल सुबासिकले ह्यारी केनमो नेतृत्वमा रहेको इंग्ल्यान्ड टोलीमा गोलहरु रोक्न सक्नु पर्छ। 

रसियामा प्रशंसनिय गोलकिपिङ गरेका ड्यानिजेल सुबासिक उत्कृष्ट गोलकिपरलार्इ प्रदान गरिने गोल्डेन ग्लोबका प्रमुख दाबेदार समेत हुन्। त्यसैले पनि रसियामा गोल्डेन बुटका प्रमुख दाबेदार इंग्ल्यान्डका ह्यारी केनको प्रहार रोम्न उनी माथि चुनौती रहनेछ। 

क्वाटरफाइनल खेलमा रसियासँगको खेलमा शाररिक रुपमा केही असहज महसुस गरेका सुबासिकको ठाउँमा अतिरिक्त समयमा वैकल्पिक गोलकिपरलार्इ ल्याइने धेरैले अनुमान गरेका थिए। तर सुबासिस भने अन्तिम समयसम्म मैदानमा संघर्षरत थिए।

फिस्ट स्टेडियममा भएको उक्त खेलपछि उनले भने 'किक अफ हुनु भन्दा अगाडी म वार्मअप गर्दै थिए र मलार्इ मेरो मांसपेशी दुखेको महसुस भयो। मेरो फिजियोथेरेपिस्टले मेरो खुट्टा मसाज गरिदिए र मैले खेल्न सक्ने देखे। पछि फेरी मेरा मांसपेशी दुख्न थाले। तर म खेल छोड्न चाहन्नथें। मलार्इ थाहा थियो कि प्रशिक्षकलार्इ अर्को विकल्प खेलाडी चाहिन्थ्यो। ब्रेकको बेलामा मसाजरले छिट्टै केही गरे,म पहिला जस्तै राम्रो भए।'  

'यो धेरै लामो सिजन थियो। तर तपार्इ जीवनको एक पटक विश्वकपको सेमिफाइनलमा पुग्नु हुन्छ र खेल बिचैमा छोड्ने कुनै सम्भावना थिएन।' 
 
आज फाइनल पुग्ने संघारमा रहेको क्रोएसियाको अगाडी चुनौतीका रुपमा १९६६ विश्वकप विजेता इंग्ल्यान्ड रहेको छ। दुवै टोली नयाँ इतिहास रच्ने दाउमा रहेको छन्।

 त्यही सन्दर्भमा सुबासिक भन्छन् 'इंग्ल्यान्डसँग उत्कृष्ट खेलाडी छन्, उनीहरुको टोली शानदार छ। उनीहरुको टोलीमा धेरै युवा खेलाडी छन्, तर उनीहरु सबै अत्यन्त राम्रा तेजिलो छन् र उत्कृष्ट क्ल्बका लागि खेल्दछन्। यो हाम्रो लागि अर्को गाह्रो खेल हुनेछ, ठूलो चुनौती। हामी कोसँग खेल्दैछौ वा को फेभरेट छन् भन्ने कुराको मतलब छैन। महत्वपूर्ण भनेको हामीले मैदानमा उत्कृष्ट खेल्नु पर्छ। तपार्इ राम्रो खेल्नुस, बांकी जसरी अन्त्य हुनुपर्ने हो आफै हुन्छ।' 

फ्रान्समा सन् १९९८ मा आयोजना भएको विश्वकपको सेमिफाइनल पुगेको क्रोएसिया आयोजकसँग २-१ ले पराजित भएको थियो। त्यसपछिका विश्वकपहरुमा क्रोएसियाले समूह चरण पनि पार गर्न सकेको थिएन। २० वर्षपछि सेमिफाइनल पुगेको क्रोएसियाका गोलकिपर फेरी त्यही इतिहास दोहोराउने पक्षमा छैनन्।  

'व्यक्तिगत रुपमा मेरो जीवनको लक्ष्य भनेको विश्वकप खेल्नु थियो, खासगरी यसरी, खेलहरुमा प्रभावकारी भूमिका खेल्दै यो आयाम हासिल गर्न मैले मेरो क्ल्बमा धेरै मिहिनेत गरेको छु। र म अहिलो यसको मजा लिदैछु। यो कथा यसरी चलिरहोस्।'- फिफा डटकम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell