PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सलोन बस्नेतको 'मेरो पहिलो प्रेम'



पहिलोपोस्ट

सलोन बस्नेतको 'मेरो पहिलो प्रेम'

काठमाडौं : फिल्म 'बाबु कान्छा'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुशील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वरमा फिल्मको 'मेरो पहिलो प्रेम' बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत र करिश्मा श्रेष्ठ फिचर्ड छन्। टंक बुढाथोकीको संगीत रहेको यस गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

फिल्म असार २९ देखी प्रदर्शनमा आउनेछ।फिल्ममा सलोन र करिश्मासँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल लगायतको अभिनय रहेको छ। शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यस फिल्ममा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको  छायाँकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी, अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell