PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


प्रदेश २, प्रदेश प्रहरी ऐनमा दलित आरक्षण कोटाको व्यवस्था संशोधनको माग गर्दै प्रदेश सभा घेराउ


प्रदेश २, प्रदेश प्रहरी ऐनमा दलित आरक्षण कोटाको व्यवस्था संशोधनको माग गर्दै प्रदेश सभा घेराउ

वीरगंज: प्रदेश नं २ को प्रदेश सभा घेराउ गरिएको छ। दलित अधिकार परिषद्को आयोजनामा आज जनकपुरमा आयोजित खबरदारी गर्दै प्रदेश सभा घेराउ गरेको हो। प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रदेश प्रहरी ऐनमा असन्तुष्टि जनाउँदै परिषद्ले प्रदेश सभाको कार्यालय घेराउ गर्दै उक्त एेन सशोधनबाट दलितको हकअधिकार सुनिश्चित गर्न माग गरेको छ। 

दलित अधिकार परिषद्का सदस्य एवं पर्सा दलित समाजका अध्यक्ष मनोज रामकाअनुसार केन्द्र सरकारको नीति भन्दा प्रदेश सरकारले ल्याउने लागेको प्रदेश प्रहरी ऐन विदेभपूर्ण र उपेक्षित रहेको छ। उनले केन्द्र सरकारले दलितका लागि ९ प्रतिशत आरक्षणको व्यवस्था गरेकोमा प्रदेश सरकारले प्रहरी ऐनमा जम्मा ७ प्रतिशत दलितको लागि आरक्षण निर्धारण गरेको प्रति सबै दलित अगुवाहरुले असहमति जनाएको बताए।

प्रदेश नं २ मा १७ दशमलव २९ प्रतिशत दलितको जनसंख्या हुदाँहुदैं सरकारले प्रहरी ऐनमा जम्मा ७ प्रतिशत आरक्षण गर्नु दुखद कुरा भएको दुखेसो पोखिएको छ। प्रहरी ऐनको व्यवस्था संशोधन नगरे कडा आन्दोलन गर्ने दलित समुदायले चुतावनी दिएको छ।



प्रदेश २, प्रदेश प्रहरी ऐनमा दलित आरक्षण कोटाको व्यवस्था संशोधनको माग गर्दै प्रदेश सभा घेराउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट