PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'हामी यथार्थका हिरो हिरोइन हौं'- बोबी अभिनेता उमेश



पहिलोपोस्ट

'हामी यथार्थका हिरो हिरोइन हौं'- बोबी अभिनेता उमेश

साँचो प्रेमकथाको आधारित फिल्मका मुख्य पात्र हुन् उमेश थापा र कविता गुरुङ। यी दुइको प्रेम र जीवनमा आएका आरोह अवरोहमाथि फिल्म 'बोबी' बनेको छ। 'बोबी'मा कथा मात्र होइन अभिनय पनि यथार्थ पात्रले नै गरेका छन्।

फिल्मको व्यवसायिक पक्ष बारे धेरै सोचेका छैनन् उमेशले। 'किनकी हामी दुबै सेलिब्रेटी होइनौं। मान्छेले नचिन्नुले फिल्म नचल्न सक्छ। तर आफ्नो कथा यसरी कलामार्फत देखाउन पाउँदा खुशी छौं।' यस मानेमा उनी आफू र आफ्नी श्रीमतीलाई यथार्थका हिरो हिरोइन् बताउँछन्। तर, चिनिएको अनुहार नहुनाले फिल्मको बारेमा धेरैले थाहा नपाएको उनको बुझाइ हो।

फिल्मको नर्वे प्रिमियर सम्पन्न भइसक्यो। नर्वे प्रिमियरबाट प्राप्त भएको प्रतिक्रियाबाट उमेश दंग छन्। नर्वेका दर्शकले फिल्मको कथा निकै रुचाएका थिए। उमेश र कविताको २० वर्ष अघिको अन्तरजातिय प्रेमलाई फिल्ममा प्रस्तुत गरिएको छ। कविताको पक्षबाट कथा न्यारेट भएको छ।

कविता र उमेशको एउटा छोरा छन् एलियस। एलियसलाई उमेशले कवितासँगको भेटका कुरा बताएसँगै बोबीको प्लट सुरु हुन्छ। दुई घण्टाले आफुहरुको जीवन नै प्रस्तुत नगरे पनि दर्शकलाई मनपर्ने खुराक रहेको बताए। विश्वकपले गर्दा फिल्मको प्रचार छायाँमा पर्ने डर उनलाई लागेको थियो। तर पछिल्लो समय निर्माण टिमले मोफसल प्रचार सकेको छ।

शुक्रबार फिल्म बोबी प्रदर्शन हुनेछ। उनी फिल्मबाटको प्रतिक्रिया लिन उत्साहित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell