PahiloPost

Dec 17, 2018 | २ पुष २०७५

भारतको सहयोगमा प्रज्ञामा तीन तले पुस्तकालय, प्रधानमन्त्री ओलीले गरे उद्घाटन 

भारतको सहयोगमा प्रज्ञामा तीन तले पुस्तकालय, प्रधानमन्त्री ओलीले गरे उद्घाटन 


काठमाडौं: भारत सरकारको सहयोगमा निर्माण भएको नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालयको उद्घाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तकालयको तीन तले भवनको मंगलबार उद्घाटन गरेका हुन्। 

पुस्तकालय भवन निर्माणका भारत सरकारले चार करोड ३९ लाख ४० हजार रुपैयाँ सहयोग गरेको थियो। नवनिर्मित पुस्तकालयबाट नेपाल र भारत प्राज्ञिक समुदाय तथा अनुसन्धानकर्ताहरुलाई सन्दर्भ सामाग्रीसहितका अनुसन्धान सामाग्रीहरु उपलब्ध गराउने बताइएको छ। पुस्तकालयमा पुस्तक प्रकाशनका लागि आधुनिक अफसेट प्रेससमेत राखिएको छ। 
पुस्तकालयलाई डिजिटल पुस्तकालयका रुपमा अगाडि बढाउने लक्ष्य प्रतिष्ठानले लिएको छ। पुस्तकालयले दुबै देशको सम्बन्धलाई बबजुद बनाउँदै दुबै देशका कलाकार, लेखक तथा प्राज्ञिग जगतलाई समेत एकतामा बाँध्ने बताइएको छ। 

भारत सरकारले पुस्तकालय भवनसहित काठमाडौँ जिल्लामा ४८ करोड ६५ लाख बराबरको परियोजन सञ्चालन गरेको थियो। जसअन्तर्गत विद्यालय भवन निर्मा, पुस्तकालय, स्वास्थ्य संस्थाहरु, आर्ट ग्यालरी, खाद्य प्रयोगशालासहितका परियोजना सञ्चालन गरेको थियो। 

त्यस्तै ४० करोड ७ लाख बराबरका १२ वटा परियोजना चलिरहेका छन्।


ट्रेन्डिङ पोस्ट