PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यस्तो बनेर आयो 'नाईं नभन्नु ल ५'को ट्रेलर



पहिलोपोस्ट

यस्तो बनेर आयो 'नाईं नभन्नु ल ५'को ट्रेलर

काठमाडौं : फिल्म 'नाईं नभन्नु ल ५'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी फचर्ड छन्।

बिकास राज आचार्यको निर्देशनमा बनेको फिल्ममा सामिप्यराज तिमल्सेना र बिकासको कथा रहेको छ। फिल्म आगामी भदौ ८ मा प्रदर्शन हुनेछ।

फिल्म मार्फत अभिषेक नेपालले डेब्यू गर्दै छन्। फिल्ममा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय रहेको छ।फिल्ममा दिलिप, निरुता, केकी, प्रियंका, स्वस्तिमासँगै जयनन्द लामा, बुद्धि तामाङ लगायतको अभिनय छ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell