PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ने क पाको सचिवालयको बैठक भोलिसम्मका लागि स्थगित



ने क पाको सचिवालयको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ। मंगलबार विहान बालुवाटारमा बसेको बैठक बुधबार विहान साढे ८ बजे बस्ने भएको छ। यसअघि सचिवालयको बैठक अपरान्ह पाँच बजेसम्मका लागि स्थगित गरिएको थियो। 

‘बैठकमा कार्य दलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल भयो,’ बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नियमावलीलाई अन्तिम टुंगो लगाउन फेरी पाँच बजे बैठक बस्ने निर्णय भएको छ।’

पछि आन्तरिक रुपमा भोली सम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए। उनका अनुसार आन्तरिक तयारी र आज नेताहरु विभिन्न कार्यक्रममा व्यस्त हुने भएकाले बैठक भोली विहानका लागि पुन: सारिएको हो।

यसअघि शनिबार बसेको पार्टी सचिवालय समितिको बैठकले नियमावली परिमार्जनसहित अन्ति टुंगो लगाउन तीन सदस्यीय कार्यदल बनाएको थियो। सो बैठकले महासचिव विष्णु पौडेल, बामदेव गौतम र रामबहादुर थापा सदस्य रहेको कार्यदल गठन गरेको थियो। त्यसअगाडि गत साता बसेको स्थायी समितिको बैठकले पार्टी सचिवालयलाई नियमावलीलाई अन्तिम रुप दिने जिम्मेवारी दिएको थियो।

आजको बैठकमा कार्यदलले प्रतिवेदन सचिवालयमा पेश गरेको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार नियमावलीलाई भोली विहानसम्म टुंगो लगाई जनवर्गिय संगठनको एकीकरणलाई तिब्र पार्ने निर्णय समेत भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell