PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

संसदीय समितिको बैठक : सुनुवाई र बैठक संचालनका लागि कार्यविधि बनाउन उप-समिति गठन



पहिलोपोस्ट

संसदीय समितिको बैठक : सुनुवाई र बैठक संचालनका लागि कार्यविधि बनाउन उप-समिति गठन

काठमाडौं : संघीय संसदको संसदीय सुनुवाई समितिले संसदीय सुनुवाई र समितिको बैठक संचालनका लागि कार्यविधि बनाउन तीन सदस्यीय उप समिति बनाएको छ।

हिजोमात्र प्रतिनिधिसभाले समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत गरेको थियो। समितिको आज बसेको बैठकले संसदीय सुनुवाई र समितिको बैठक सञ्चालन के कसरी गर्ने भन्नेबारे कार्यविधि तय गर्न उप समिति गठन गरेको हो। योगेश भट्टराई, शिवकुमार मण्डल र पुष्पा भुषाल उप समितिमा छन्। उप समितिले तीन दिनभित्र समिति संचालन र संसदीय सुनुवाईको कार्यविधि तयार गरेर समितिमा पेश गर्नेछ।

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदी, भीमसेनदास प्रधान, योगेश भट्टराई, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण, शिवकुमार मण्डल केवट, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्। 

त्यसरी राष्ट्रियसभाले गत शुक्रबार सदस्य मनोनित गरेको छ। नेकपाबाट सुमनराज प्याकुरेल र नन्दा चपाईँ र कांग्रेसका जितेन्द्र नारायण देव समिति सदस्यमा मनोनित भएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell