PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जस्टिन बीबरको इन्गेजमेन्ट हेल्लीसँग, सेलेना चकित



पहिलोपोस्ट

जस्टिन बीबरको इन्गेजमेन्ट हेल्लीसँग, सेलेना चकित

एक समयका चर्चित गायक जस्टिन बीबरले आफ्नो प्रेमीका हेल्ली बाल्डवीनसँग इन्गेजमेन्ट गरेका छन्। शनिबार भामसमा उनले आफ्नो प्रेमीकासँग इन्गेजमेन्ट गरेको हलिउड मिडियामा उल्लेख छन्

क्यानाडाका गायक जस्टिन यसअघि गायिका सेलेना गोमेजसँग प्रेम सम्बन्धमा थिए। जस्टिनले फिल्मी शैलीमा हेल्लीसँग इन्गेजमेन्ट गरे।

रेस्टुराँमा नाचीरहेका सबैलाई जस्टिनले आफ्ना सेक्यूरिटीलाई भनेर फोन अलग राख्न लगाए। केही अनौठो हुन लागेको जस्तै। त्यसपछि प्रेमीकालाई उनले औंठी लगाएका थिए।

जस्टिनका बुवा जेरेमीले छोराको नयाँ अध्याय सुरु भएकोमा उत्साहित रहेको सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्। पुर्व प्रेमीका सेलेना भने इन्गेजमेन्टका कुराले चकित भएकी छिन्। जस्टिन र  हेल्लीलाई फ्यानहरुले बधाइ दिनेक्रम जारी छ। २४ वर्षिया जस्टिनले सेलेनालाई जलाउन पनि यस्तो कदम चालेको चर्चा चल्न थालेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell