PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेपथ्यको संगीत मन पराउने जापानी युवा र टोकियो कन्सर्ट



पहिलोपोस्ट

नेपथ्यको संगीत मन पराउने जापानी युवा र टोकियो कन्सर्ट

नेपथ्यले शनिबार ‘टोकियो डोम सिटी हल’ मा आफूलाई प्रस्तुत गर्‍यो। अधिकांश दर्शक नेपाली भएता पनि जापानी नागरिकहरु समेत कन्सर्टमा सहभागी रहे। एक थिए जापानी युवा कियोहितो हानाइ।

हानाइ आफूलाई नेपथ्यको संगीत र शैली मन पर्ने बताउँछन्। ‘नेपालमा दुईपटक र टोकियोमै २०१५ मा आयोजित शोका बेला पनि म उपस्थित थिएँ,’  हानाइ भनिरहेका थिए,  ‘नेपथ्यलाई बारम्बार यसरी नेपाल र जापानमा सुन्न पाउँदा मलाई खुशी लाग्छ।‘  

हानाइ आफू नेपाली भाषा सिक्न कोशिश गरिरहेका बताउँछन्। ‘किनकी म नेपाली गीत बुझ्न चाहान्छु।‘

कियोहितो नेपालप्रति आकर्षित हुनुको कारण के हो?

‘म नेपालीहरुले जस्तै जिन्दगी जिउन चाहन्छु। जापानमा त मेसिन जसरी बाच्नु पर्छ।‘  नेपालीहरु जीवनसँग नजिक रहेको र हाँसिखुशी बाँचेको देखेर प्रभावित भएको उनले सुनाए।

टोकियोमा आयोजित नेपथ्य कन्सर्ट सन् २०१५ मा महाभुकम्प गएपछिका तस्विरहरु संग्रहित ‘नराम्रो सपना’ को भिडियो प्रदर्शनबाट सुरुभएको थियो। ब्याण्डले उक्त भुकम्पकै ताका, पुर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्प पीडित समर्पित कार्यक्रमको रुपमा प्रःतुत गर्दै आम्दानीबाट भूकम्प राहत कोषमा सहयोग गरेको थियो।

‘तीन वर्षअघि हामी समवेदना बाँड्न तपाइहरुका सामु प्रःतुत भएका थियौं,’ त्यस गीतको सन्दर्भ जोड्दै नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपटक भने उमंग र उत्साह बाँड्न तपाइहरु सामु उभिएका छौं।’

 कार्यक्रममा जापानको लागि नेपालका राजदूत प्रतिभा राणा पनि थिइन्। ‘नेपालबाट यति टाढा रहेर नेपालको प्रतिष्ठित सांगीतिक समूह नेपथ्यको प्रस्तुति हेर्न पाउनु सुखद संयोग हो’, राजदुत राणाले भनिन्,’अन्य सहरमा पनि युतै कार्यक्रहरु आयोजना हुनुपर्छ।‘ 

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell