PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इंग्ल्याण्ड र क्रोएसिया विश्वकपमा पहिलो पटक भिड्दै, हेड टु हेडमा इंग्ल्याण्ड अगाडि



पहिलोपोस्ट

इंग्ल्याण्ड र क्रोएसिया विश्वकपमा पहिलो पटक भिड्दै, हेड टु हेडमा इंग्ल्याण्ड अगाडि

फिफा विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा बुधवार इंग्ल्याण्ड र क्रोएसिया भिड्दैछन्।

इंग्ल्याण्ड २८ तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेको हो। सन् १९६६ को च्याम्पियन इंग्ल्याण्ड दोस्रो पटक फाइनल पुग्ने योजनामा छ भने सन् १९९८ मा डेब्युमै सेमिफाइनल पुगेको क्रोएसिया पनि पहिलो पटक फाइनल पुग्दै इतिहास रच्ने दाउमा छ।

इंग्ल्याण्ड र क्रोएसिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन्। तर अहिलेसम्को ‘हेड टु हेड’मा भने इंग्ल्याण्ड अगाडि छ।

५ कम्पिटेटिभ म्याचसहित यी दुईले अहिलेसम्म एकआपसमा ७ खेल खेलिसकेका छन् जसमा इंग्लयाण्डले ४ खेल जितेको छ। १ खेल बराबरीमा सकिँदा क्रोएसियाले भने २ मात्र खेल जितेको छ।

सन् १९९६ मा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। पछिल्लो पटक सन् २००९ मा भएको विश्वकप छनोट खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ५-१ ले पराजित गरेको थियो।

 

इंग्ल्याण्ड vs क्रोएसिया : हेड टु हेड

१९९६ : मैत्रीपूर्ण खेल

इंग्ल्याण्ड ०-० क्रोएसिया


२००३ : मैत्रीपूर्ण खेल

इंग्ल्याण्ड ३-१ क्रोएसिया


२००४ : युरोकप

इंग्ल्याण्ड ४-२ क्रोएसिया


२००६ : युरो २००८ छनोट

इंग्ल्याण्ड ०-२ क्रोएसिया


२००७ : युरो २००८ छनोट

इंग्ल्याण्ड २-३ क्रोएसिया


२००८ : विश्वकप २०१० छनोट

इंग्ल्याण्ड ४-१ क्रोएसिया


२००९ : विश्वकप २०१० छनोट

इंग्ल्याण्ड ५-१ क्रोएसिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell