PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

डा. केसीको मागबारेको प्रस्तावमा संसदमा छलफल हुँदै, सुनुवाइ समिति पनि गठन हुने



पहिलोपोस्ट

डा. केसीको मागबारेको प्रस्तावमा संसदमा छलफल हुँदै, सुनुवाइ समिति पनि गठन हुने

काठमाडौँः डा. गोविन्द केसीको माग सम्बोधनका लागि यसअघि ल्याइएको अध्यादेश अनुसार विधेयक ल्याउन माग गर्दै नेपाली कांग्रेसले दर्ता गरेको जरुर सार्वजनिक महत्त्वको प्रस्तावमा आज छलफल हुने भएको छ। गत शुक्रबार प्रस्ताव दर्ता भएलगत्तै छलफल नभएको भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो। 

संघीय संसद् सचिवालयले सोमबारको सम्भावित कार्यसूचीमा प्रस्ताव छलफललाई समेटेको छ। 

प्रस्तावमा यसअघिको अध्यादेश अनुसार विधेयक ल्याउन माग गरिएको छ। भने, डा. केसीको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै उपचारको प्रबन्ध गरी जीवन रक्षाका लागि अपिल गरिएको छ।


सुनुवाइ समिति गठन हुने

संसदीय सुनुवाइ विशेष समिति आज गठन हुने भएको छ। प्रतिनिधिसभामा आज समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरूको नामावली मनोनयन हुँदैछ। 

शुक्रबार नै समिति गठनको कार्यसूची भए पनि अवरोध कारण विषय प्रवेश भएको थिएन। 

समितिमा प्रतिनिधिसभाबाट १२ सदस्य तोकिनेछ। राष्ट्रियसभाले यसअघि तीन सदस्य तोकिसकेको छ। दुबै सदनका सदस्य रहने संयुक्त समितिमा संवैधानिक निकायमा पदाधिकारीको नियुक्तिपूर्वको सुनुवाइ हुने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell