PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रसिया विश्वकप : सेमिफाइनल पुगेका चार टोलीका ९२ मध्ये ४० खेलाडी प्रिमियर लिगबाट, कति छन् अन्य लिगबाट?



पहिलोपोस्ट

रसिया विश्वकप : सेमिफाइनल पुगेका चार टोलीका ९२ मध्ये ४० खेलाडी प्रिमियर लिगबाट, कति छन् अन्य लिगबाट?

फिफा विश्वकप २०१८ मा अब चार टिम उपाधि होडमा छन् र ४ खेल पछि नै २१औँ विश्वकपले च्याम्पियन टोली पाउनेछ। त्यसका लागि जुलाई १५ सम्म कुर्नुपर्नेछ।

सन् २००६ पछि विश्वकपमा पहिलो पटक सेमिफाइनल पुग्ने ४ वटै टोली युरोपबाट छन्। युरोपियन लिगहरु विश्वमै चर्चित रहेका कारण यसपटक विश्वकप खेल्ने खेलाडीहरु पनि युरोपियन लिगकै बढी छन्।

त्यसमा पनि सेमिफाइनल खेल्ने चार वटै देश युरोपको भएपछि विश्वकै चर्चित लिग प्रिमिलिग लिगका खेलाडीहरु धेरै छन्।

सेमिफाइनलमा फ्रान्सले बेल्जियम तथा इंग्ल्याण्डले क्रोएसियासँग खेल्दैछ। सेमिफाइनलसम्म बाँकी रहेका ९२ खेलाडीमध्ये झण्डै आधा खेलाडी प्रिमियर लिगमै खेल्छन्।

इंग्ल्याण्डको टोलीमा रहेका २३ खेलाडी नै प्रिमियर लिगका छन्। यस्तै बेल्जियमको टोलीमा रहेकामध्ये ११ खेलाडी प्रिमियर लिगबाट खेलिरहेका छन्। त्यसबाहेक फ्रान्सबाट ५ तथा क्रोएसियाका १ खेलाडी प्रिमियर लिगमै खेल्छन्।

प्रिमियर लिगपछि स्पानिस ला लिगा र फ्रेन्च लिग वान मा खेल्ने १२-१२ खेलाडी छन्।

फ्रेन्च लिगमा फ्रान्सेली टोलीका सर्वाधिक ९ खेलाडी खेल्छन् भने ला लिगामा पनि फ्रान्सकै ६ खेलाडी छन्। ला लिगामा क्रोएसियाबाट ४ तथा बेल्जियमबाट २ खेलाडीले खेल्छन्। यस्तै फ्रेन्च लिगमा बेल्जियमको २ तथा क्रोएसियाका १ खेलाडी खेल्छन्।

यसैगरी जर्मन बुण्डेसलिगामा ९ तथा इटालियन सिरी एमा ८ खेलाडीले खेल्छन्।

यसबाहेक बेल्जियम, चीन र क्रोएसियामा २-२ खेलाडीले खेल्छन् भने अष्ट्रिया, रसिया, स्कटल्याण्ड, टर्की र युक्रेनबाट १-१ खेलाडी खेल्छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell