PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रुसमा विश्वकप, बालुवाटारमा 'सट्टेबाजी' : समातिए 'गुन्डा नाइके' चक्रे मिलनका साथी



रुसमा विश्वकप, बालुवाटारमा 'सट्टेबाजी' : समातिए 'गुन्डा नाइके' चक्रे मिलनका साथी

काठमाडौ: रसियामा भइरहेको विश्वकप फुटबलमा 'सट्टेबाजी' गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विषेश टोलीले काठमाडौंको बालुवाटरबाट सट्टेबाजी गर्दै गर्दा नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

बालुवाटरबाट प्रहरीले निराजन पौडेल, अनिल भण्डारी, प्रमोद रानाभाट र अनिल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका पौडेले भने गुन्डा नाइके चक्रे मिलनका साथी भएको एसएसपी पोखरेलले बताए। एसएसपी पोखरेलले भने, 'लामो समयदेखि सट्टेबाजी भएको सुचनाको आधारमा नियन्त्रणमा लिएका हौं। पौडेल भने चक्रे मिलनका साथी हुन।'

भण्डारी भने मिटर व्याजीका रुपमा चिनिन्छन्। रसियामा भएको विश्वकपमा अहिले राजधानीमा सट्टेबाजी भइरहेको प्रहरीको दावी छ। सेमिफाइनल र फाइनलमा ठूलो रकममा सट्टेबाजी हुने भएका प्रहरीले सक्रियता बढाएको एसएसपी पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell