PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साहित्यकारले दिए आफ्नै देश घुम्न सुझाव



साहित्यकारले दिए आफ्नै देश घुम्न सुझाव

काठमाडौं: नियात्रा समाज नेपालले आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा साहित्यकारहरुले देश घुम्न सुझाव दिएका हुन्। लेखक नगेन्द्र न्यौपानेद्वारा लिखित नियात्रा संग्रह 'कङ्गो र इथियोपियाको सेरोफेरो' को चर्चा गर्दै साहित्यकारहरुले उक्त सुझाव दिएका हुन्।

साहित्यकार प्रतीक ढकालले न्यौपानेको किताबमा रमाइला विषय र गम्भीर सूचनहरु पाइएको जानकारी गराउँदै नेपाली भएपछि लेखकहरुले नेपाली भूमि पनि घुम्न जोड दिए। नेपालमा कति ठाउँ कोही पनि नपुगेको उल्लेख गर्दै ढकालले नेपालमा शुद्ध र स्वच्छ भूमिहरु रहेको बताए।

नियात्रासंग्रह माथि साहित्यकारहरु डा कृष्णप्रसाद दाहाल, गोविन्द गिरी प्रेरणा, मधुसुदन पाण्डेलगायतले समीक्षा गरेका थिए। डा दाहालले कङ्गोजस्तो डरलाग्दो देशमा गएर नेपालीले व्यापार गरेका विषयहरु रोचक रहेको उल्लेख गरे। लेखक न्यौपानेले कङ्गो वास्तावमै डरलाग्दो मुलुक भएकाले सकेसम्म नघुमेकै राम्रो रहेको आफूले पाएको बताए।

नियात्रा संग्रहको दोस्रो संस्करण बिएन पुस्तक संसारले बजारमा ल्याएको हो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell