PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फेरि सक्रिय हुन थाले पकेटमार



पहिलोपोस्ट

फेरि सक्रिय हुन थाले पकेटमार
प्रतीकात्मक फोटो

काठमाडौं : सार्वजनिक यातायातमा पाकेटमार्नेहरु फेरि सक्रिय हुन थालेका छन्। सार्वजनिक सवारीसँगै पसल तथा भिडमा पकेटमारको सक्रियता बढेको हो। 

महानगरीय प्रहरी वृत्त गौशालाले पछिल्लो समय पकेटमारीमा संलग्न पाँच जनलाई समात्यो। रातोपुलबाट पाकेटमारी गर्दै गरेको अवस्थामा चक्रपथ बस्ने वर्ष १९ का प्रतीक बस्नेत र बुढानिलकण्ठ बस्ने वर्ष २० को विनोद खड्का समातिएका हुन्। त्यस्तै रातिको समयमा एकान्त पारी लुटपाट गर्ने चाबहिल बस्ने वर्ष १९ का पवन राज गिरी र पशुपति क्षेत्रमा बस्ने वर्ष १७ का राजकुमार बस्नेतलाई नियन्त्रणमा लिएको हो। उनीहरुले मित्रपार्क क्षेत्रमा रातिको समय लुटपाट गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेले बताए। 

समयमा एयरपोर्ट बसपार्कमा पाकेटमारी गर्दै उदयपुर कटारी ४ घर भइ हाल एयरपोर्ट बस्ने वर्ष ३९ का अल्लाद दासलाई पनि पक्राउ गरेको छ। 

राजधानीको न्युरोड, ठमेल, नयाँ बानेश्वर, गौशाला, नयाँ बसपार्क लगायतका क्षेत्रमा पाकेटमार बढी सक्रिय छन्। बढी आर्थिक कारोबार हुने र भिडभाड भएकाले यस क्षेत्रमा पाकेटमार सक्रिय हुने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell