PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सोनाली बेन्द्रेलाई भेट्न पुगे अक्षय कुमार



पहिलोपोस्ट

सोनाली बेन्द्रेलाई भेट्न पुगे अक्षय कुमार

हिजो ट्विटर र इन्स्टाग्रामबाट सोनाली बेन्द्रेले धेरैलाई अत्यासलाग्दो खबर सार्वजनिक गरिन्। क्यान्सरको ‘हाइ लेभल’मा पुगेपछि उपचार गराइरहेको खुलासा उनले सामाजिक सञ्जालबाट गरेपछि धेरैलाई समाचारले अचम्मित बनाएको थियो। उनले परिवार र आफन्तजनलाई धन्यवादसमेत दिएकी थिइन् – जीवनको संघर्षमा साथ दिएको भन्दै। यो खबर थाहा पाएलगत्तै अक्षय कुमार न्युयोर्क पुगेर उनको सीघ्र स्वास्थ्य लाभको कामना गरे। अक्षयले सोनाली बेन्द्रे एकदमै हिम्मतिली भएको प्रतिक्रिया दिएका थिए।  

सोनालीले हिजो सोसल मिडियामा जारी गरेको लामो वक्तव्यमा चिकित्सकको निगरानीमा उपचार गराइरहेको र जीवनका हरेक पलका लागि संघर्ष गर्न आफू तयार भएको जनाएकी थिइन्। शुभेच्छुक, परिवार र आफन्तको साथले क्यान्सरविरुद्ध लड्न सहयोग पुगेको उनले उल्लेख गरेकी थिइन्।

सोनाली बेन्द्रेले बलिउडका चर्चित हस्तीहरुसँग काम गरेकी छिन्। हम साथ साथ है, दिलजले, सरफरोस, दिवाना मे तेरा, डुप्लिकेट, जख्म, दहेक, आग लगायतका फिल्ममा अभिनय गरेकी बेन्द्रे पछिल्लो समय टेलिभिजन सो र सिरियलहरुमा व्यस्त थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell