PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यी हुन् नेपाल फोटो प्रतियोगिता २०७५ मा पुरस्कार पाउन सफल फोटोहरु

यी हुन् नेपाल फोटो प्रतियोगिता २०७५ मा पुरस्कार पाउन सफल फोटोहरु


काठमाडौँ : फोटो पत्रकार क्लवको आयोजनामा भएको नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्। श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यो वर्षको फोटो अफ द इयर घोषित भएको छ।

यसैगरी दिपेन्द्र रोक्काको फोटोले नेपाल स्माइल विधा जित्यो भने डेली लाइफ विधामा सुनिता डंगोलले बाजी मारिन्। त्यस्तै अंगद ढकालले न्युज विधाको उपाधि जित्दा नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारे। त्यस्तै स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो।
 
डेली लाइफमा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो। न्युज विधामा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भए। नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो।

कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता तथा अजय मानन्धरको फोटो तेस्रो भयो। स्पोर्टसमा रविक उपाध्यायको फोटो दोस्रो तथा उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो। नेपाल स्माइलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो। त्यस्तै फोटो स्टोरीमा हेमन्त श्रेष्ठ कैे फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठका फोटोहरु तेस्रो भयो।
 
फोटो  अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाछन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  प्राप्त गरेकाछन्। पुरस्कृत फोटोहरुसहितका फोटोहरु काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिनेछ भने काठमाडौं बाहिर विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ।

मुख्य जज पाब्लोले पिजे क्लवले गरेको यो प्रतियोगिता दक्षिण एसियामा नै उत्कृष्ट भएको बताए। दक्षिण एसियाका अन्य देशहरुले यस्तो प्रतियोगिता नगरेको बताए।  उनले वर्ल्ड प्रेस फोटो अफ दि इयर १९९५ मा जितेका थिए।

यसैगरी यस वर्षको फोटो अफ दि इयरको विजेता नरेन्द्र श्रेष्ठले आफूले जिते वापत पाएको रकम कमल सदा र यादव थपलियाको परिवारलाई दिने बताए। उनले सदाको परिवारलाई ७० हजार र थपलियाको परिवारलाई ३० हजार रुपैयाँ दिने बताए। उनले फोटो जिते वापत १ लाख रुपैयाँ नगद पाएका छन्।

 
न्युजमा प्रथम अ‌ं‌गद ढकाल
न्युजमा दोस्रो संजोग मानन्धर
न्युजमा तेस्रो स्कन्द गौतम
कल्चर एण्ड टुरिजममा पहिलो किरण श्रेष्ठ
कल्चर एण्ड टुरिजममा दोस्रो दिनेश श्रेष्ठ
कल्चर एण्ड टुरिजममा तेस्रो अजय मानन्धर
डेली लाइफ पहिलो सुनिता डंगोल
डेली लाइफ दोस्रो दुर्गा राना मगर
डेली लाइफ तेस्रो केशव थापा
नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्री
नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो दोस्रो
नेचर एण्ड वाइल्डलाइफमा हेमन्त श्रेष्ठको फोटो तेस्रो
दिपेन्द्र रोक्काको फोटो पहिलो नेपाल स्माइल
पाल स्माइलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो
नेपाल स्माइलमा सुरज श्रेष्ठको फोटो तेस्रो
स्पोर्टसमा पहिलो प्रतिक रायमाझी
स्पोर्टसमा रविक उपाध्यायको फोटो दोस्रो
स्पोर्टसमा उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो


ट्रेन्डिङ पोस्ट

Ncell