PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

#FIFAFakeLove किन ट्रेन्डिङमा?



#FIFAFakeLove किन ट्रेन्डिङमा?

बिहीबार बिहानदेखि #FIFAFakeLove ट्रेन्डिङमा रह्यो। रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताका अन्तिम ८ का खेल सुरु हुनुअघि फिफाले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट स्टेडियममा कुन गीत सुन्न चाहनुहुन्छ भन्दै पोल ट्विटमा राखेको थियो। 

 

बिटिएस्को फेक लभ, एक्सोको पावर, जे बाल्भिनको मि जेन्टे र जेडको द मिडल चार वटा गीत थियो। अरु गीतले कम भोट पाइरहँदा मुख्य प्रतिस्पर्धा फेक लभ र पावरबीच भइरहेको छ। 

यसै क्रममा दक्षिण कोरियाली ब्यान्ड बिटिएसको फेक लभको पक्षमा ट्विटरमा ट्रेन्डिङ चलाइएको हो। 

लगत्तै पावरको पक्षमा पनि ट्रेन्ड चलाइयो। तर फेक लभकै पक्षमा बढी भोट र बढी ट्विट भइरहेको छ। 

फेक लभ मे १८ मा रिलिज भएको गीत हो। युट्युबमा यसको म्युजिक भिडियो रिलिज भएको २४ घण्टामै ४ करोड भ्युज नाघेको थियो। १० करोड भ्युज यसले ८ दिनमै पार गरेको थियो। 



पावर पनि दक्षिण कोरियाली ब्यान्ड एक्सोको गीत हो। सेप्टेम्बर ५, २०१७ मा यो गीत रिलिज भएको हो। युट्युबमा म्युजिक भिडियो रिलिज भएको ३ घण्टामा यसको भ्युज १० लाख कटेको थियो भने २४ घण्टामै ६६ लाख नाघेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell