PahiloPost

Sep 26, 2018 | १० असोज २०७५

सन्दीपको उत्कृष्ट प्रदर्शन, मोन्ट्रेल टाइगर्सको पहिलो जित


पहिलोपोस्ट

सन्दीपको उत्कृष्ट प्रदर्शन, मोन्ट्रेल टाइगर्सको पहिलो जित

काठमाडौं : पिटर सिडलको ४ विकेट तथा नेपाली युवा स्टार सन्दीप लामिछानेले किफायती बलिङ गर्दै १ विकेट लिएपछि मोन्ट्रेल टाइगर्स ग्लोबल टी-२० क्यानडामा पहिलो जित हासिल गरेको छ।

बुधवार भएको खेलमा मोन्ट्रेललले १२९ रन डिफेण्ड गर्दै एडमोन्टनलाई १५ रनले हरायो। लगातार ३ हारपछि उसको यो पहिलो जित हो।

पहिलो ओभरमै मेडन राख्दै आन्द्रे फ्लेचरको विकेट लिएर उत्कृष्ट सुरुवात गरेका थिए। त्यसपछि बाँकी ३ ओभरमा उनले १६ रन खर्चे। ४ ओभरमा १४ बल डट फ्याँकेका सन्दीपले २ चौका मात्र दिएका थिए।
 

मोन्ट्रेलका बलरहरुले उत्कृष्ट बलिङ गरेपछि १३० रनको लक्ष्य पछ्याएको एडमोन्टल रोएल्स ५ बल अगावै ११४ रनमा अलआउट भयो। उसका लागि पटर सिडलले ३.१ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए।

यस्तै सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर १ विकेट लिए। लासिथ मालिंगा र केभिन कुपरले समान २ विकेट लिए।

एडमोन्टनका लागि ल्युक रोन्चीले ३० तथा साइङ्गन अनवरले २४ रन बनाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सन्दीपको टोली मोन्ट्रेलले २० ओभरमा ६ विके६ गुमाएर १२९ रन बनाएको थियो। उसका लागि मोएसिस अनरिकेले ५० तथा सिकन्दर राजाले २० रन जोडे। नजिव जद्रान २२ रनमा नटआउट रहे। ३० रन बनाउदा ३ विकेट गुमाएको मोन्ट्रेलका लागि अनरिके राजाले चौथो विकेटका लागि ५२ रनको साझेदारी गरे।

बलिङमा एडमोन्टेनका वायने पार्नेलले ३ विकेट लिए।

अब मोन्ट्रेल टाइगर्सले लिग चरणमा टोरोन्टो नेशनल्ससँग खेल्न बाँकी छ।

 

सन्दीपको टिम मोन्ट्रेल टाइगर्सको लगातार दोस्रो हार, सन्दीपको बिर्सनलायक प्रदर्शन

सन्दीपको उत्कृष्ट प्रदर्शन (४-१-१९-१) छायाँमा, मोन्ट्रेल टाइगर्सको तेस्रो हार



सन्दीपको उत्कृष्ट प्रदर्शन, मोन्ट्रेल टाइगर्सको पहिलो जित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट