PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सलमान खानको फिल्म 'रेस ३' को १४ दिनको कमाइलाई रणवीर कपुरको सञ्जुले ५ दिनमै उछिन्यो



पहिलोपोस्ट

सलमान खानको फिल्म 'रेस ३' को १४ दिनको कमाइलाई रणवीर कपुरको सञ्जुले ५ दिनमै उछिन्यो

बलिउडका दबंग हिरो सलमान खान अभिनित रेस ३ ले १४ दिनमा बटुलेको कलेक्सनलाई रणवीर कपुर अभिनित सञ्जुले ५ दिनमै उछिनेको छ।
सञ्जुले ५ दिनमा १ सय ६७ करोड ५१ लाख बक्स अफिस कलेक्सन गरेको छ। धेरैखाले रेकर्डलाई पछि पारेको यो फिल्मले सलमान खान अभिनित रेस ३ लाई थोरै दिनमा नै पछि पारेको हो। १४ दिनमा रेस ३ ले १ सय ५४ करोड ९४ लाख बटुलेको छ।

बलिउड हिरो सञ्जय दत्तको बायोपिक फिल्म सञ्जु समीक्षकको नजरमा पनि अब्बल सावित भएको फिल्म हो। समीक्षकले कमजोर बताएको सलमानको रेस ३ भने असफल त भएन तर कमजोर भने प्रमाणित भयो। बलिउडमा स्टारडमकै आधारमा मात्र हिट हुने परम्परालाई सञ्जुले गलत सावित गरेको छ। राम्रो फिल्म बन्यो भने त्यसमा चर्चित स्टार नचाहिने पुष्टि पनि गरेको छ।

रणवीर कपुर राम्रा अभिनेता भए पनि उनका पछिल्ला फिल्महरु बक्स अफिसमा औशत व्यापार गर्थे। तर, यसपाला उनले सबैखाले रेकर्ड ब्रेक गरेका छन्। यसले बलिउडमा उनको स्टारडम पनि माथितिर उकासिएको छ। निर्देशकका रुपमा राजकुमार हिरानी भने अन्य फिल्ममा झै सफल रहेका छन् यसमा।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell