PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सिन्धुमा साहित्य सम्मेलन, प्रदेश नं ३ स्तरीय कविता प्रतियोगितामा रोजिना प्रथम



सिन्धुमा साहित्य सम्मेलन, प्रदेश नं ३ स्तरीय कविता प्रतियोगितामा रोजिना प्रथम

चौतारा: सिन्धुपाल्चोकको चौतारामा पहिलो पटक प्रदेशस्तरीय साहित्य सम्मेलन आयोजना गरिएको छ। 

सिन्धु साहित्य सम्मेलन, २०७५ एवं प्रदेश नं ३ स्तरीय कविता प्रतियोगितामा उक्त जिल्लाका साथै काभ्रेपलाल्चोक, काठमाडौँ, दोलखा, रामेछाप तथा सिन्धुलीका ४८ कविको कविता प्राप्त भएकामा उत्कृष्ट १० कविको कविता छनोट गरिएको थियो। कर्मचारी मिलन केन्द्र र सिन्धु साहित्य अभिलेखालयको संयुक्त आयोजनामा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने कविलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको थियो। 

प्रतियोगितामा सिन्धुकी रोजिना पराजुली, रामेछापकी शीतल थोकर तामाङ, सिन्धुलीका नवीन संघर्ष र काभे्रकी अनामिका सजल क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएका थिए। विजयी कवि तथा कवयित्रीलाई नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले पुरस्कार प्रदान गरे। 

कार्यक्रममा नेपाली शष्दकोषका ग्रन्थकार कवि वसन्तप्रकाश नेपाल शर्मालाई अभिनन्दन तथा स्व कवि खिलबहादुर भावुक, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने र कवि जीवन क्षेष्ठलाई सम्मान गरिएको थियो। सो अवसरमा अभिलेखालयले ११० वर्षदेखिको अभिलेखालयको वृत्तभित्र प्रस्तुत गरेको थियो। 

सिन्धुका साहित्यकार र अन्य जिल्लाका साहित्यकारबीच एकापसमा विचारको आदानप्रदान गर्नाका साथै यहाँको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यस प्रकारको सम्मेलनको आयोजना गरिएको आयोजक कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं साहित्यकार लक्ष्मीप्रसाद निरौलाले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell