PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फोटो प्रतियोगिता : ५ हजार ५८० फोटोबाट १६० उत्कृष्ट छानियो, बिहीबार घोषणा गरिने



फोटो प्रतियोगिता : ५ हजार ५८० फोटोबाट १६० उत्कृष्ट छानियो, बिहीबार घोषणा गरिने

काठमाडौँ : फोटो पत्रकार क्लब नेपालले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०७५ को काठमाडौंमा निर्णायक चरण सम्पन्न भएको छ। प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ५ हजार ५ सय ८० फोटो प्राप्त भएको आयोजकले जनाएको छ। दुई चरणमा निर्णायकहरुबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ६० फोटो छानिएका छन् । 

विजेताको घोषणा आगामी बिहीबार असार २१ गते दिउँसो २ बजे कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुनेछ। छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुने साथै सर्वोत्कृष्ट एक फोटोलाई आइएमआई–ग्लोबल–आइएमआई बैंक ‘फोटो अफ दी इयर’ घोषित गरी पुरस्कार समेत वितरण गरिनेछ।

वर्ल्ड  प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणी लामा, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निवर्तमान अध्यक्ष प्रकास माथेमा रहेको छ  

निर्णायक चरणबाट छानिएका करिब १ सय ६० फोटोहरुलाई विजेता घोषणापछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो  अफ द इयर’ विजेताले नगद १ लाख रुपैया“ पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  पाउनेछन् । काठमाडौंमा यही साउन १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिनेछ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन भएको नेपाल फोटो प्रतियोगितामा समावेश  सात विधाअन्तर्गत ‘आइएमएस डेली लाइफ’ मा १ हजार १ सय ५३, कल्चर तथा टुरिजम’ मा १ हजार ५७, नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफमा १ हजार १८, अर्घाखाँची सिमेन्ट न्यूज फोटो मा ४ सय १६, डिसहोम एक्शन स्पोर्टसमा ३ सय ६२, शिखर इन्स्योरेन्स नेपाल स्माइल’ मा १ हजार १०  र  ‘नेपटस फोटो स्टोरी’ मा ५२ वटा फोटोकथाको ५ सय २० फोटो  प्रतिस्पर्धामा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell