PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सलमा बाँधेको ६ किलो सुनसहित सिन्धुपाल्चोकका तेन्जिङ पक्राउ 



सलमा बाँधेको ६ किलो सुनसहित सिन्धुपाल्चोकका तेन्जिङ पक्राउ 

काठमाडौं: आइतवार ६  किलो सुनसहित पक्राउ परेका एकलाई प्रहरीले सार्वजनिक गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले आइतवार सिन्धुपाल्चोक घर भएका २३ वर्षीय तेन्जिङ तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।

तामाङले बा ९५ प ८१६४ नम्बरको २२० सिसिको पल्सर बाइकमा सुन लुकाएर भारत लैजान लागेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख एसएपी विश्वराज पोखरेलले बताए। 

तामाङले कम्मरमा लेडिज सल बाधेर सुन लुगाइ भारत लैजाने योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको हो।  सुन चाइनिज व्यापारीको भएको तामाङले प्रहरीमा बयान दिएको एसएसपी पोखरेलले बताए।

परिसरको टोलीले शक्रवार तीन किलो सुनसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। पक्राउ पर्नेहरुमा भारतीय नागरिक दीपक कुमार मार्रे र महेन्द्रनगर भिमदत्त नगरपालिकाका मनोज विक, असोक सिंह, संजना शाह लगाए रहेका थिए। 

भारतीय नम्बर युके ०२४६८४ को  गाडीको एयर फिल्टरमा सुन राखिए महेन्द्रनगर हुदै भारत लग्न लागिएको थियो। छ किलो सुनको मूल्य ३ करोड  रुपैयाँभन्दा बढी पर्छ।

तामाङलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ। भन्सार ऐन अनुसार कसुर प्रमाणित भएमा १ वर्षदेखि ५ वर्षसम्म सजाँय हुने व्यवस्था छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell