PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

तामाङ कविता संग्रह ‘काकलिङ’ विमोचित



तामाङ कविता संग्रह ‘काकलिङ’ विमोचित

काठमाडौं: नेपाली कवितामा उन्मुक्त पुस्ता अभियानका सशक्त कवि मुक्तान थेबाले मातृभाषामा पहिलो कविता संग्रह पाठकमाझ ल्याएका छन्।

तामाङ डाजाङको प्रकाशनमा बजारमा आएको कविता संग्रहको आज भाषाविद् अमृत योञ्जन तामाङ, पत्रकार एवं साहित्यकार फूलमान वल, अर्का पत्रकार तथा साहित्यकार राजु स्याङ्तान, साहित्यकार बिना थिङ तामाङ र लेखक थेबाले एकैसाथ घुम्टो उघारेका थिए।

काठमाडौंको बौद्धस्थित नेपाल तामाङ घेदुङको कार्यालयमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका भाषाविद् योञ्जनले अबका दिन मातृभाषाको भएकोले सबैलाई मातृ भाषाको साहित्यमा लाग्न आग्रह गरे।

पत्रकार एवं साहित्यकार फूलमान वलले तामाङ साहित्यमा सकेसम्म तामाङ शब्दहरु राख्नुपर्नेमा जोड दिए।

पत्रकार तथा साहित्यकार राजु स्याङ्तानले कविता संग्रहको समीक्षा गर्दै कवितामा केही कमजोरी रहेपनि समग्रमा कविताहरु सशक्त रहेको बताए।

यता साहित्यकार बिना थिङले महिलाको विषयसमेत समेटिएकोले कविता संग्रह जोडदार रहेको औल्याइन्।


लेखक मुक्तान थेबाले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा लेखन सुधार्दै लैजाने भनाई राखे। प्रकाशन संस्था तामाङ डाजाङ तामाङ भाषाको साहित्यलाई प्रवद्र्धन गर्दै आएको संस्था हो । काकलिङमा ३८ कविता रहेका छन् भने यसको मुल्य १,५०/- रुपैयाँ तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell