PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

‘निषेधित क्षेत्र’ माइतीघर मण्डलामा प्रदर्शनकारीमाथि प्रहरीको धरपकड हेर्नुस् फोटोमा

‘निषेधित क्षेत्र’ माइतीघर मण्डलामा प्रदर्शनकारीमाथि प्रहरीको धरपकड हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले धरपकड गर्दै पक्राउ गरेको छ। 

सरकारले माइतीघर मण्डलालगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा सम्मेलन तथा प्रदर्शन गर्नबाट रोक लगाएपछि त्यसको विरोधमा शनिवार मण्डलामा भेला भएका प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको हो। 

सो क्रममा प्रहरीले १० जना प्रर्दशनकारीलाई पक्राउ गरेको छ। विरोध प्रदर्शनका लागि भेला हुने स्थानमा प्रहरीहरू नै बसेपछि प्रर्दशनकारीले माइतीघर मण्डलाभन्दा बाहिर पेटीबाट सरकारको निर्णय विरुद्ध नाराबाजी सुरु गरेका थिए। उनीहरूले नारा लगाउन सुरु गरे लगत्तै प्रहरीले धरपकड गरी उनीहरूलाई पक्राउ गरेको हो। 

प्रहरीको धरपकड पछि अभिव्यक्ति स्वतन्त्रताको रक्षाको माग गर्दै मण्डला पुगेका विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आमसर्वसाधरणको भावना अभिव्यक्ति गर्ने स्थान बनिसकेको माइतीघर मण्डलामा प्रदर्शन गर्न रोक लगाएर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए। 

आफ्नै निर्णयबाट सरकार पछि नहटे माइतीघर मण्डलालाई नै केन्द्रमा राखेर सरकारको विरोध गर्ने उनले चेतावनी दिए। 
प्रदर्शनकारीहरु माइतीघर मण्डलामा जम्मा हुन थाले पछि प्रहरीले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएको भन्दै सो क्षेत्र भन्दा बाहिर बस्न आग्रह गर्दै माईकिङ गरेका थिए। 

सरकारले २०७४ चैत ३० गते राजधानीका माइतीघर मण्डला,शान्ति बाटिका लगायत स्थानमा सभा, सम्मेलन, भेला, जुलुस, प्रदर्शन लगायत गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो। 

त्यस यता नागरिक अगुवाहरुले सरकारी निर्णयको विरोधमा प्रदर्शन गर्दै आएपछि प्रहरीले केही गरेको थिएन। गत विहिकार पत्रकार सम्मेलन गरी गृहमन्त्री राम बहादुर थापाले  देशभरका निश्चित स्थानमा विरोध प्रदर्शनको ठाउँ तोकिएको भन्दै निर्णय कार्यान्वयनमा कडाई गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell