PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जसले जे भने पनि हामी नेपालमा रेल लिकमै चलाउँछौं : प्रम ओली



पहिलोपोस्ट

जसले जे भने पनि हामी नेपालमा रेल लिकमै चलाउँछौं : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सांसदहरुले बजेटमाथि उठाएका विषयमा जवाफ दिए। प्रधानमन्त्री ओलीले दिएका जवाफको मुख्य अंश:

सम्मनीय सभामुख महोदय,

विद्वान भन्या विद्वानै हुन्छ, डाक्टर भन्या डाक्टरै हुन्छ। तिथि मितिसमेत याद छ। कहाँसम्म पुग्यो? कहा रेल ट्र्याकविनै हिड्यो? ड्राइभर को थियो? त्यो विद्वतालाई सलाम छ। बाँकी जवाव थपिराख्नु पर्ला जस्तो लाग्दैन।
नेपालमा रेल आउँछ, आफ्नै रेल आउँछ, आफ्नै रेल कुदछ।

मैले पहिले पहिले पनि भन्या थिएँ- केही मान्छे अनौठो मान्छन्, केही मान्छे राम्रो कुरामा समेत झस्किन्छन्।

यो रेलसँग झस्किनेको मैले दुईवटा कुरा बुझिन। एउटा यो त्रिभुवन विमानस्थल बनाउँदा को उड्छ? गरीब देशमा किन चाहियो यो? गौचरण छँदैछ भन्दै थियो। अहिले धरैवटा बनाउँदैछन्।

कोदारी राजमार्ग बन्दा उधुम भएको  थियो। महेन्द्रले जवाव दिनु परेको थियो - रेल चढेर गाडी चढेर, मोटर चढेर कम्युनिष्ट आउने होइन।
मोटर चढेर आएन कम्युनिष्ट। त्यस बेला यही प्रतिबन्धित थियो। उताबाट–उताबाट कही कतैबाट आउने होइन। 

माहथिरले मलेसियामा ट्वीन टावर बनाउँदा उधुम क्रिटिसाइज भएको थियो। पैसाको दुरुपयोग, बेकार हो, यो किन चाहियो मलेसियालाई? तर अहिले त्यो यस्तो ट्रेड सेन्टर, अर्थतन्त्रको गढ बनेको छ। 

८० किलोमिटर पर हवाइ मैदान बनाएको भन्दै माहथिरको विरोध भएको थियो। तर, अहिले ठीक ठाउँमा बनाएको भन्दैछन्।

मैले हिजो एउटा कार्यक्रममा भनेको थिएँ - गेन्टिग हाइल्याण्डका बारे। मलेसियामा रुखो पहाड छ। एक जनाले किन्यो धेरै पैसा हालेर। त्यस्तो पहाड किन किने होला शहरभन्दा टाढा? कुरा उठ्थ्यो। तर, त्यो अहिले त्यस्तो रमणीय, पिकनिक स्पट जे भने पनि त्यही हो।
एक थरी त्यसको महत्व नबुझेर विरोध गर्छ। 

छ लेनको बाटो बनाउँभन्दा यत्रो विघ्न किन चाहियो भन्छ, पछि त्यही साँघुरो हुन्छ। त्रिचन्द्र कलेज बनाएपछि चन्द्र शम्शेरले भनेको थिए रे - आफ्ना खुटामा आफैले बन्चरो हान्दैछु। बुझेरै हो विरोध गर्या।

विद्वान मित्रहरुको विरोध गेन्टिङ्ग हाइल्याण्ड जस्तो हो कि त्रिचन्द्र कलेज जस्तो? मैले अलकति मेलो नपाएको हो यो।
मैले कतिपय माननीयज्यूको जवाव दिइसक्या हो। केही कार्यालय खारेज गर्नुपर्छ भनेर, आबेगमा यस्ता कुरा गर्नु हुँदैन। स्थानीय निकायले गरिहाल्छ।

अनि गाविस अध्यक्ष पुरातत्वविद् हुन्छ? उपाध्यक्ष पुरातत्वविद् हुन्छ? त्यसकारण देशमा त्यस्ता संगठित कार्यलय चाहिन्छ।
मैले भनिहालेँ अघि नै पहिलेको अनुभव लिएर अहिलेको सरकारलाई थोपार्न मिल्छ?

नेपाल कृषिमा पछाडि पर्यो भनेर अहिलेको यो चार महिनाको सरकारले गरेर हो? कृषिमा पछाडि परेको छ मानेकै छ। अब अगाडि बढाइन्छ। अव विरोध किन त? खुशी हुनुपर्ने ठाउँमा। तै पनि केही साथीहरु ताली बजाउनु हुन्न। अचम्म लाग्छ।

आजको नेपाल महिला हिंसाप्रति सजग छ। सचेत छ। गम्भीर छ। र, महिला हिंसाको प्रश्नमा कुनै प्रकारको टोलरेन्स गर्दैन। मानव बेचविखन, त्यसमा पनि महिला अमिस्तामाथिको कुनै पनि प्रकारको खेलवाडलाई सहँदैन।

माननीयज्यूले कहिलेको रिपोर्ट पढ्नु भो त्यो म छुटै बुझौंला। अa त्यस्तो हुन दिइँदैन। 

दुईवटा प्रश्न उठ्छ। हामीले कतिपय ठाउँमा महिला जान रोक्या छौं। फेरि जेन्डर इक्वालीटी, जेन्डरका राइट पनि कुनै बहानामा खोसिन्न। महिला हिंसाको विरोधप्रति हामी प्रतिद्धत हुनुपर्छ। र, यसको ग्यारेन्टीका साथमात्रै अरु कामहरु गर्न सकिन्छ।

कर्मचारी खटाउन असफल भएको होइन। अहिलेको सरकार कुनै पनि क्षेत्रमा असफल जान्दैन र मान्दैन। त्यो म स्पष्ट पार्न चाहन्छु। कानुन बमोजिम चल्छ। कानुन बमोजिम चलाउँछ। भूकम्प पीडितलाई पहिले गति साथ भएको थिएन। पहिले गति शिथिल भएको थियो। अब अगाडि बढ्छ। 

यदि केही–केही अखबारमा आउने गरेको छ। निर्णय सिर्णय छैन, तर अखबारमा आउने गर्छ। ६५ वर्ष माथिकालाई पेन्सन दिने भइयो। त्यो त चुनावका लागि प्रचार न थियो। चुनावी प्रचारका कुरा त सरकारले कार्यान्वयन गर्ने होइन नि। सरकारको निर्णय पो कार्यान्वयन गर्छ।
त्यसकारण म निवेदन गर्न चाहन्छु। त्यस बेला सरकारमा नभएका माननीयज्यूहरुलाई सरकारी रहस्य थाहा भएन कि जस्तो लाग्छ। 

निषेधित क्षेत्र भनेको अभिव्यक्ति स्वतन्त्रताको कुरा। विरोध असहमति रोक्ने कुरा गरिएको होइन। तर, अधिकारको प्रयोग विधिपूर्वक, कानुनसम्मत र समुचित ढंगले हुन्छ। तपाईँ भारतमा जानु भो भने देख्नु हुन्छ? कहाँ कहाँ विरोध गर्न पाइन्छ? कहाँकहाँ धर्ना बस्न पाइन्छ? कहाँ कहाँ अनसन बस्न पाइन्छ? 

राष्ट्रपति कार्यालय अगाडि चौर भेट्यो, त्यहाँ पनि नारा लगाउन पाइन्छ, जुलुस गर्न पाइन्छ? देख्नु भएको छ कहिले? प्रधानमन्त्री कार्यालय अगाडि देख्नु भएको छ कहिले?

जन्तरमनरमा जहिले जानुहुन्छ देख्नुहुन्छ। तोक्या हुन्छ ठाउँ। यहाँ गर्दा विरोध हुने त्यहाँ गर्दा समर्थन हुने त होइन नि।

दुनियाँलाई दुःख दियो भने विरोध हुने, दुनियाँलाई दुःख नदिइ विरोध भयो भने नहुने होइन नि त। 

हो, ठीकै भन्नु भयो। आजको प्रधामन्त्री पनि हिजो ती ठाउँमा गएको थियो भनेर। ती ठाउँमा गएको मात्र होइन। तानाशाही ढाल्नका लागि त दरबारभित्र पसेर पनि कब्जा हुन्छ।

तानाशाही ढाल्नका लागि जनता दरबारभित्र पस्छ। लोकतन्त्र त्यसो गरिँदैन। तानाशाहीमा लोकतान्त्रिक अधिकार हुँदैन। विरोध मुखरित गर्ने ठाउँ हुँदैन। शान्तिपूर्ण र संवैधानिक बाटाहरु अवरुद्ध हुन्छ। त्यसकारण सबैबाट खुल्ला हुन्छ त्यसपछि।

जतिबेला नेताहरुलाई निर्वासनमा लेखेटिन्छ। जतिबेला प्रधानमन्त्रीलाई गिराफ्तार गरेर सुन्दरीजल झ्याल खानामा हालिन्छ, त्यतिबेला त्यस परिस्थितिको विरोध र आज लोकतान्त्रिक प्रणालीको विरोधलाई एकै ठाउँ मिसाउन मिल्छ? बाँकी प्रकाशन स्वतन्त्रतामा किन्चित लगाम लाग्दैन। किन्चित नियन्त्रण हुँदैन। स्वतन्त्रताका हकहरुमा नियन्त्रण हुँदैन। तर, ती सबै कुरा थिति अन्तर्गत हुनुपर्छ। 

हस्पिटल भित्र नाराजुलुस, विरामीले उपचार पाउँदैन। हड्ताल, उपचार गर्ने ठाउँमा हड्ताल? पढाउने ठाउँमा हड्ताल? प्राविका अगाडि टियर ग्याँस, बालबालिका मुर्छित। यस्तै विरोध प्रकट गर्न पाइन्छ? त्यो चल्दैन। हिजो पनि हामीले त्यो गर्याि थिएन। टियर ग्याँस हामीसँग थिएन। हामीले पड्काएको थिएन। रत्नपार्कतिरबाट लखेटेको थियो। हामी गल्लीतर पसेको त्यसरी हो।

अहिले आरामसँग बस्नु भन्या छ। त्यसकारण विरोध प्रकट गर्न पाउनुपर्छ, दिनुपर्छ। सरकारले कानुन खुल्ला राखेर सुन्न पर्छ विरोध। आँखा खुल्ला राखेर हेर्नुपर्छ विरोध। दिमाग खुल्ला राखेर सोच्नुपर्छ उपायहरु। तर, जे भए पनि लाचार भएर सरकार बस्न सक्दैन। आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरुका अधिकारहरु। आफ्नो सुरक्षाको कुरा गरिरहँदा अरुको सुरक्षामा बाँधा पर्ने? आफ्नो सुविधाको कुरा गरिरहँदा अरुलाई असुविधा पर्ने कामहरु गर्नुहुँदैन। 

अहिले मलाई लाग्छ यी कुराहरुमा अभ्यस्त हुँदै हामी पनि जानुपर्छ। थिति बाँध्दै हामीले पनि लानुपर्छ। सरकारको पनि आफ्नो थिति थान्कोमा बस्नुपर्छ, कानुन भित्र। अस्ति माननीयजीले बोल्दाखेरी माननीयहरुले सुझाव ठीकै दिनुभएको थियो। सरकार पनि मन्त्री पनि थितिमा बस्नुपर्छ। बेलगाम कोही पनि चल्न पाइँदैन। र, यी हामीले बनाएको कानुन सरकारलाई मात्रै लागू हुने अरुलाई लागु नहुने होइन। नेपाल सिंगै कानुनको राज हो। कानुन नियमभित्र सबै चल्नुपर्छ। विकास हामी सबैको साझा उद्देश्य हो। त्यसमा बाँधा हुनु भएन। अधिकार हामीले लडेर ल्याएका प्रिय बस्तु हो। त्यस अधिकारको हनन् हुन सक्दैन। अधिकार प्रयोगको नाउँमा यो वा त्यो प्रकारले हनन हुन सक्दैन। 

जसले जे भने पनि हामी नेपालमा रेल लिक मै चलाउँछौं, डाक्टर न डाक्टर हामी सबै चढौला धन्यवाद।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell