PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

उत्तर र दक्षिणबीच रेल सेवा सञ्चालनको तयारी : उत्तरलाई एसिया र युरोपसम्म जोड्ने योजना



पहिलोपोस्ट

उत्तर र दक्षिणबीच रेल सेवा सञ्चालनको तयारी : उत्तरलाई एसिया र युरोपसम्म जोड्ने योजना
फाइल फोटो : एपी

सोल : उत्तर कोरिया र दक्षिण कोरियाबीच अन्तरदेशीय रेलमार्ग सञ्चालनका विषयमा सहमति भएको छ। मंगलबार पानमुन्जोममा भएको दुई देशका अधिकारीहरुबीचको छलफलमा यस्तो समहति जुटेको दक्षिण कोरियाको न्यूज एजेन्सी योनहापले जनाएको छ। 

दुवै देशबीच यसअघि दुई देशबीच चल्दै आएको रेललाई आधुनिक रुपमा सञ्चालन गर्नका लागि संयुक्त अध्ययन गर्न दुवै देशबीच सहमति भएको हो। 

अध्ययन जुलाई २४ देखि उत्तर खण्डको सोल सिनुइजु पश्चिम रेलवेबाट सुरु हुने छ। त्यसपछि कोरियाली प्रायद्वीपको पूर्व खण्डमा समेत अध्ययन हुने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ। 

गत अप्रिलमा भएको दुई देशबीचको शिखर सम्मेलनका सहमतिलाई कार्यान्वयनका लागि मंगलबार दुई देशका उच्च अधिकारीहरुबीच पानमुनजोमा छलफल भएको थियो। 

पूर्वमा कुमग्याङ पर्व–तुमेन नदी सम्मको रेलमार्ग र पूर्वी खण्डमा केइसङ–सिनुइजुसम्मको खण्डको अध्ययन गर्न सहमति भएको छ। यी रेलमार्गका उत्तरतर्फको खण्ड पुराना र मर्मतका लागि आवश्यक छ। 

रेलमार्गलाई दक्षिण तर्फ जोडका लागि आधुनिक बनाउन आवश्यक छ। गत साता मात्र उत्तर र दक्षिणबीच विछोडिएका परिवारको पुनःमिलन गराउन सहमति भएको थियो। सन् १९५०–५३ को कोरियाली युद्धपछि धेरै परिवारहरु विछोडिएका थिए। 

त्यस्तै जुलाई ४ मा दुई देशबीच सडक सञ्जाल विस्तार तथा साझेदारीका लागि पुन छलफल हुने भएको छ। मंगलबार दुवै कोरियाबीच रेलवे साझेदारीका लागि नीतिगत समस्याहरुको समाधान गर्न समेत सहमति जुटेको छ। उनीहरु सहमतिलाई कार्यान्वयनका लागि समेत इमान्दार बन्न सहमत भएका छन्। 

गत अप्रिलमा भएको पानमुनजोम घोषणापत्र उत्तरलाई बाँकी विश्वसँग जोड्ने मार्गको रुपमा लिइएको छ। सम्मेलनका क्रममा दक्षिण कोरियाका राष्ट्रपति मुनले कोरियाली प्रायद्वीपलाई चीन र रुसका विभिन्न शहरसँग रेलमार्गले जोड्ने प्रस्ताव उत्तर कोरियाली नेतासँग राखेको बताइएको थियो। 

यसको प्रारम्भिक रुपमा सोल र प्योङयाङलाई जोड्ने गरी रेलवे विस्तारको तयारी समेत भएको थियो। 

सोलदेखि प्योङयाङ हुँदै सिनुइजु सम्मको तीब्र गतिको रेलमार्ग निर्माणका लागि करिब ३५ विलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। साथै दुई देशलाई जोड्ने ६ वटा रेलवेलाई रेट्रोफिट गर्ने समेत बताइएको छ। 

हाल उत्तर कोरियासँग औसत ३० माइल प्रति घण्टाका गति भएका रेलहरु सञ्चालनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell