PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुनिताको फुटबल मोह : खाना खाएर राती चोकको पर्दामा हेर्दाको मजा बेग्लै



पहिलोपोस्ट

सुनिताको फुटबल मोह : खाना खाएर राती चोकको पर्दामा हेर्दाको मजा बेग्लै

काठमाडौंको लगन चोकमा ठूलो प्रोजेक्टर राखिन्छ। रातीको खाना खाइसकेर टोलभरिका प्रा़य मान्छे जम्मा हुँदा लाग्छ - कुनै पर्व हुँदैछ। किनकि नेवारी सांस्कृतिक वा धार्मिक कार्यक्रम हुँदा त्यस्तो भिड सामान्य हो। तर, प्रोजेक्टर राख्नुको उद्देश्य कुनै जात्रा वा पूजा होइन। हो त विश्वकप फुटबल। 

फुटबल हेर्नेको त्यो भिडमा हुन्छिन् सुनिता डंगोल पनि। सुनिता मिस नेवा २०११ हुन्। उनीसँगै वरपरका साथीहरु पनि त्यहाँ भेला हुन्छन्। अरु समय राती घरबाट निस्किन नपाउने साथीहरुले पनि विश्वकप फुटबल हेर्नका लागि भने अनुमति पाउँछन्।

'पहिले पहिलो दाइको ठूलो जर्सी लगाएर चोकमा निस्केको याद आउँछ। त्यो जर्सी अर्जेन्टिनाको थियो। तर, फूटबल बुझ्ने भएपछि म जर्मनीको समर्थक भएँ,' उनले भनिन्। त्यसपछि उनले एक्सट्रा लार्ज साउजको अक्जेन्टिनी जर्सी लगाइनन्। 

यस पटकको विश्वकपमा उनको घरमा वर्ल्डकप हेर्न कोठा छुट्टाइएको छ। जसतो डोरम्याटदेखि पर्दासम्म अर्जेन्टिनाको छ। घरको छतमा झण्डा पनि अर्जेन्टिनाको। 'म एकजना मात्र जर्मनी अरु अर्जेन्टिनाको फ्यान हुनुले गाह्रो बनाएको छ,' घरको विश्वकप माहोल बारे सुनाउँदै हाँस्छिन्। अर्जेन्टिनाको प्रदर्शनले धेरै समर्थक निराश छन्। तर, अझै एक खेल बाँकी रहँदा उनीहरुको विश्वास कायम छ। 

सुनितालाई विश्वकपको समयमा बन्ने गरेको पारिवारिक साथै सामाजिक वातावरण निकै आकर्षक लाग्छ। 'विवाद पनि कस्तो रमाइलो खालको हुन्छ,' सुनिता अरु देश समर्थकसँग आफ्नो धेरै डिसकस पर्ने सुनाउँछिन्। 

उनी टोनी क्रुज र ओजिलको फ्यान हुन्। तर चर्चामा रहेका हरेक देशको गेम हेर्छिन्। उनलाई फूटबल सामुहिक रुपमा हेर्न मनपर्छ। टिमसँग भावनात्मक रुपमा जोडिएकाहरुको उत्सहा हेर्न उनलाई मजा लाग्छ। भन्छिन्, 'आफ्नो टिम जित्दा खुशी हुनेहरुको इनर्जी क्या बेग्लै हुन्छ।' 
म्याच एक्लै हेर्दा मजा नआउने उनको अनुभव रहेको छ। 'एक्साइटमेन्ट, डर सेयर गर्न कोही न कोही त चाहिन्छ नै,' उनले भनिन्। 

सुनिता खानेकुरा र पैसाको बाजी राख्छिन् प्रतियोगितामा। 'आफ्ना मान्छेबीच बाजी राख्दा मजै हुन्छ तर धेरै पैसावाला खेल र समर्थकबीचको अस्वस्थ प्रतिस्पर्धाको प्रभाव देखिन्छ,' उनले सुनाइन्। 

फेसबुक ट्विटरमा फैलिएको घृणा, गाली, द्विअर्थी ट्रोलहरुलाई गलत मानसिकताको उपज मान्छिन्। 

'ती असल समर्थक होइनन्। उनीहरु आफूले सपोर्ट गरेको टिम जितेको होइन आफू हारेको हेर्नु छ,' उनी फूटबललाई सद्भाव र अनुशासनको खेल मान्छिन् त्यसैले फूटबल समर्थकले पनि अनुशासनमा रहेर रिस नराखी खेल हेर्नु पर्ने उनको विश्वास हो। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell