PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बलिउड ‍कोरियोग्राफर मुदस्सरले दिए सुनिललाई शुभकामना



पहिलोपोस्ट

बलिउड ‍कोरियोग्राफर मुदस्सरले दिए सुनिललाई शुभकामना

काठमाडौं : भारतका कोरियोग्राफर मुदस्सर खानले नेपाली कलाकार सुनिल क्षेत्रीलाई श्रव्यदृश्य मार्फत् स्टार बन्न शुभकामना दिएका छन्। 'डान्स इन्डिया डान्स'का निर्णायक समेत रहेका मुदस्सरले सुनिललाई स्टार बन्न शुभकामना दिएका हुन्।  

फिल्म 'चि मुसि चि'बाट डेब्यू गरेका सुनिल डान्सका राम्रो पफर्मर रहेको बताए। उनले सुनिर संधै आफ्नो मनपर्ने पफर्मर रहने बताए।  उनले भनेका छन्, 'सुनिल नेपालको ठूलो सुपरस्टार बन्न जाँदैछ। मेरो तर्फबाट उसलाई धेरै धेरै शुभकामना।'

सुनिल अभिनित फिल्म 'चि मुसि चि' आउँदो साउन ११मा प्रदर्शन हुनेछ। फिल्मलाई दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका छन्। फिल्ममा सुनिलसँगै सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लगायतको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell