PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

रसिया विश्वकप : यी खेलाडीको खेल होइन, हेयर स्टाइल हेर्नुस्



पहिलोपोस्ट

रसिया विश्वकप : यी खेलाडीको खेल होइन, हेयर स्टाइल हेर्नुस्

रसियामा अहिले २१औँ संस्करणको फिफा विश्वकप फुटबल चलिरहेको छ। सारा विश्वको ध्यान खिच्ने फुटबल महाकुम्भमा स्टार खेलाडीहरु आफ्नो उत्कृष्ट खेल देखाउन प्रयासरत छन् भने युवा खेलाडी आफ्नो प्रतिभा देखाउन लागिपरेका छन्।

समर्थक र दर्शकहरु पनि आ-आफ्नो मन परेका खेलाडीको खेल नछुटाई हेर्ने गर्छन्। यतिमात्र विश्वकपको रोमाञ्चकता सकिँदैन। केही खेलाडीहरुले आफ्नो स्टाइलबाट पनि दर्शकको मन जितेका छन्। फेसन आइकन जस्तै बनेका छन् उनीहरु।

कोही हेयरस्टाइल चेन्ज गरेर त कोही शरीरका विभिन्न भागमा विभिन्न प्रकारका ट्याटु हानेर चर्चामा छन्।

रसिया विश्वकपमा खेलिरहेका यी सुपरस्टारसहित केही खेलाडीहरु जसको खेलसँगै हेयर स्टाइलले पनि उत्तिकै चर्चा पाइरहेको छ।

 

नेमार, ब्राजिल

ब्राजिलियन सुपर स्टार नेमार बारम्बार आफ्नो हेयर स्टाइल चेन्ज गरिरहन्छन्। रसियामा विश्वकप दौरान पनि नेमारले हेयर स्टाइललाई चेन्ज गरिरहेका छन्। कहिले स्ट्रेट, कहिले कर्ली अनी छोटा कपाल बनाएर नेमार चर्चा बटुलिरहन्छन्।

 

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल

समूह चरणअन्तर्गत मोरोक्को विरुद्धको दोस्रो खेलमा पोर्चुगिज स्टार रोनाल्डोले हल्का दाह्री राखेको दृश्यले निकै चर्चा पायो। प्रायो आफ्नो हेयर स्टाइल चेन्ज गरेर चर्चित हुने यी ३३ वर्षीय खेलाडीले उक्त खेलअघि भने दाह्रीलाई स्टाइल दिए। खासमा विश्वकपअघि लियोनल मेसीले गेटको अगाडि बसेर आफ्नो दाह्री देखाएर फोटो खिचाएका कारण त्यसलाई काउन्टर दिन रोनाल्डोले पनि दाह्री राखेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ।

लियोनल मेसी, अर्जेन्टिना

अर्जेन्टिनाका ३० वर्षीय स्टार मेसी करियरको सुरुवातमा लामो कपालमा देखिन्थे। पछि कपाल छोटो बनाएका उनले स्टाइलमा खासै ध्यान दिएका थिएनन्। तर, सन् २०१४ को विश्वकप फाइनलमा पराजित भएपछि मेसीले पनि दाह्री राख्ने र हेयर स्टाइल पनि आफ्नै शैलीमा बनाउन थालेका छन्।

पउल पोग्वा, फ्रान्स

बारम्बार हेयर स्‍टाइल चेन्ज गरिरहने अर्का खेलाडी हुन् फ्रान्सका स्टार पउल पोग्वा। मैदान आफ्नो खेलको जादु देखाउन नसके पनि यी २६ वर्षीय खेलाडी आफ्नो हेयर स्टाइल चेन्ज गरेर जादु देखाइरहन्छन्। प्राय महत्वपूर्ण खेलअघि उनी फरक हेयर स्टाइलमा मैदान उत्रने गर्छन्।

एन्टोनी ग्रीजमन, फ्रान्स

विश्कवप अघि क्लब फुटबल खेल्दा लामो कपालमा देखिएका अर्का फ्रेन्च स्टार ग्रीजमनले विश्वकपअघि कपाल छोटो बनाएर नयाँ स्टाइल दिएका छन्। उनी पनि प्राय आफ्नो स्टाइल चेन्ज गरिरहन्छन्।

 

सर्गियो रामोस, स्पेन

स्पेनका कप्तान समेत रहेका रामोस पनि स्टाइलिस हेयर बनाउन माहिर छन्। करियरको सुरुवातमा लामो सिल्की कपाल बनाएका रामोसले पछिल्ला वर्षहरुमा भने छोटो कपालमै स्टाइल दिन थालेका छन्।


डेविड डे हेअ, स्पेन

स्पेनका यी गोलकिपर पनि आफ्नो हेयर स्टाइलका कारण चर्चित छन्।


फ्रान्सका ओलिभर जिरुड, क्रोएसियाका डोमागोज भिदा, स्वीट्जरल्याण्डका भालो बेहरामी, अर्जेन्टिनाका पाउलो डिबला, बेल्जियमका टोबी एल्टरवेइरल्ड, एक्सेल विटसल, माराउने फेलिइनी, इंग्ल्याण्डका रहिम स्टर्लिङ, इजिप्टका मोहमद सालाह, मोरोक्कोका हाकि जिएचको हेयर स्टाइल पनि अन् खेलाडीको भन्दा भिन्न हुने गर्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell