PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फ्राइडे रिलिजमा 'तिमी हुन्छौ जहाँ जहाँ' र 'एक्स्ट्रा माया'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'तिमी हुन्छौ जहाँ जहाँ' र 'एक्स्ट्रा माया'

काठमाडौं : साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन् -  'तिमी हुन्छौ जहाँ जहाँ' र 'एक्स्ट्रा माया'। विकास बस्यालको निर्देशनमा बनेको 'तिमी हुन्छौ जहाँ जहाँ'मा अभिनेत्री तथा पूर्व मिस नेपाल मलिना जोशी, अभिनेता मनिष श्रेष्ठको मुख्य अभिनय छ।

बि एण्ड बी फिल्मसको ब्यानरमा निर्मित फिल्ममा दाल चन्द्र दवाडी र हरी प्रसाद अधिकारीको लगानी छ।   विकास बस्यालले निर्देशन गरेका हुन्। फिल्ममा निर्देशक बस्यालको कथा र कविराज गहतराजको कोरियोग्राफी छ।

त्यस्तै फिल्म 'एक्स्ट्रा माया'लाई सोम कुस्कुमाझीको निर्देशित फिल्म हो। फिल्ममा रिच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुस्मिता बुर्लाकोटी, अर्जुन खडका, सनी सुनवार, सृष्टि भण्डारी, शोभा भण्डारी लगायतको अभिनय छ। फिल्ममा दिनेश माङमुको कोरियोग्राफी, बासु न्यौपानेको छायाँकन तथा समिर मियाँको सम्पादन रहेकोछ।

यो साता कुनै बलिउड फिल्म प्रदर्शनमा आएन। हलिउड फिल्म 'ओसन एइठ' र 'इन्क्रेडिबल टु' नेपाल प्रदर्शनमा आएको छ। एक्सन विधाको 'ओसन एइठ'लाई गेरी रोजले निर्देशन गरेका हुन्। 'इन्क्रेडिबल टु'लाई भने ब्राड बर्डले निर्देशन गरेका हुन्।  

  

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell