PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रिभ्यू : जितको प्रतिक्षामा ब्राजिल, नेमारले पहिलो रोजाईँमा खेल्लान?



पहिलोपोस्ट

प्रिभ्यू : जितको प्रतिक्षामा ब्राजिल, नेमारले पहिलो रोजाईँमा खेल्लान?

रसिया विश्वकपको उपाधि दाबेदारमध्ये एक ब्राजिलले प्रतियोगितामा पहिलो खेलमा स्वीस टोलीसँग बराबरी खेल्दै अंक बाँडेको थियो। उक्त खेलमा ब्राजिलका नेमारलाई धेरै फल हानिएको थियो।

पहिलो खेलमा १ अंक मात्र जोडेको ब्राजिल समूह इ मा कोस्टारिका विरुद्ध दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ। यी दुईबीच खेल साँझ ५:४५ बजे सेन्ट पिटर्सवर्गमा हुनेछ।

तर पहिलो खेलमा सर्बियासँग पराजित भएको कोस्टारिकाको लागि दोस्रो चरण प्रवेशको सम्भावना कायम राख्न पनि हार टार्नुपर्नेछ। पहिलो खेलपछि ३ अंकका साथ सर्विया समूहमा शीर्ष स्थानमा छ भने ब्राजिल र स्वीट्जरल्याण्डको समान १ अंक छ।

ब्राजिलको लागि स्टार खेलाडी नेमारको फिटनेस मुख्य समस्याको रुपमा रहेको छ। उनले ३ दिनअघि ब्राजिलको ट्रेनिङ सेसन छाडेका थिए। यद्यपी कोस्टारिविरुद्ध नेमारले पहिलो रोजाईमा खेल्न सक्ने बीबीसीले जनाएको छ। यस्तै डिफेण्डर ड्यानिलो चोटका कारण नखेल्ने र उनको स्थानमा फागनरले खेल्ने सम्भावना छ।

अहिलेसम्मको सबै २० वटा विश्वकप खेलेको र विश्वकपको सदाबाहर दाबेदार कोस्टारिका विरुद्धको खेल् जित्दै अन्तिम १६ को यात्रा सहज बनाउने दाउमा हुनेछ। त्यसका लागि गाब्रीएल जेसस, फिलिप काउटिन्हो, विलियन, कासेमिरो, मार्सेलो जस्ता खेलाडी टिटेको टवलीका लागि निर्णायक हुन सक्छन्।

ब्राजिलका मिडफिल्डर काउटिन्होले पछिल्लो खेलपछि टिमले सुधार गर्नुपर्ने ठाउँ रहेको बताएका थिए।

ब्राजिल र कोस्टारिका यसअघि १० पटक भिडेको मा ब्राजिल ९ पटक विजयी भएको छ। यस्तै कोस्टारिकाले दक्षिण अमेरिकी राष्ट्रलाई अहिलेसम्म विश्वकपमा एकपटक मात्र पराजित गरेको छ। चार वर्षअघि ब्राजिलमै भएको विश्वकपमा कोस्टारियकाले उरुऊवेलाई ३-१ ले पराजित गरेको थियो। कोस्टारिका त्यस्तैखाले नतिजाको प्रतिक्षामा छ। रियल मड्रिडबाट खेल्ने स्टार गोलकिपर केलर नाभासको साथ पाएपनि अन्य खेलाडी औषत मात्र रहेकोले यसपटक कोस्टारिकामा गोल स्कोरिङको समस्या छ।

यसअघि ब्राजिलले विश्वकपमा कोस्टारिकालाई २ पटक पराजित गरिसकेको छ।

यसैगरी आज राती ११:४५ बजे समूह इ मा रहेका स्वीट्जरल्याण्ड र सर्वियाबीचको खेल हुँदैछ। पहिलो खेलमा कोस्टारिकालाई पराजित गर्दै ३ अंक जोडेको सर्विया लगातार दोस्रो जित हात पार्दै अन्तिम १६ मा पुग्ने दाउमा छ। उता ब्राजिललाई बराबरीमा रोकेको स्वीस टोली पनि अन्तिम १६ मा पुग्न आफू अनुकुल नतिजाको प्रतिक्षामा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell