PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संघीय संसदको संयुक्त बैठक बस्दै, नियमावली पारित हुने 



पहिलोपोस्ट

संघीय संसदको संयुक्त बैठक बस्दै, नियमावली पारित हुने 

काठमाडौँः संघीय संसद्को संयुक्त बैठक आज बस्दैछ। बैठकले संघीय संसद्का दुबै सदनको संयुक्त बैठक र समिति सञ्चालन नियमावली पारित गर्नेछ। 

असार ३ गतेको बैठकले नियमावली संशोधनका लागि खुला गरेको थियो। शुक्रबार नियमावलीमा प्राप्त संशोधनसहित संयुक्त बैठकमा पेस हुनेछ। बैठकमा पेस भएको नियमावली दफाबार छलफलपछि पारित हुनेछ। 

बैठक दिउँसो ४ बजे बस्नेछ। 

नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधि समेटिएको छ। यस्तै, संयुक्त सदनबाट निक्र्यौल हुनुपर्ने विषय पनि नियमावलीमा समेटिएको छ।

प्रस्तावित नियमावली अनुसार संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुखले गर्नेछन्। जुन हाल अभ्यास भइरहेको छ।

संयुक्त नियमावली अनुसार दुबै सदनका सदस्य रहनेगरि दुई समिति गठन हुनेछन्। जसमा राज्यका नीति निर्देशक सिद्धान्त अनुगमन कार्यान्वयन तथा निर्देशन समिति र संसदीय सुनुवाइ विशेष समिति रहनेछन्।

नियमावली पारित भएपछि सुनुवाइ समिति गठनको बाटो खुल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell