PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

किलियन एमबापेको निर्णायक गोलमा फ्रान्स अन्तिम १६ मा, पेरु समूह चरणबाटै बाहिरियो

किलियन एमबापेको निर्णायक गोलमा फ्रान्स अन्तिम १६ मा, पेरु समूह चरणबाटै बाहिरियो

पहिलोपोस्ट /पहिलोपोस्ट


फ्रान्स रसिया विश्वकप २०१८ को अन्तिम १८ मा प्रवेश गर्ने तेस्रो राष्ट्र बनेको छ। समूह सी अन्तर्गत बिहीवार भएको खेलमा पेरुलाई १-० को साँघुरो अन्तरले पराजित गर्दै युरोपियन राष्ट्र फ्रान्स एक खेल अघि नै दोस्रो चरणमा पुगेको हो।

फ्रान्सलाई ३ अंक दिलाउन किलियन एमबापेले ३४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। एमबापे फ्रान्सका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बनेका छन्।

फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई २-१ ले पराजित गरेको थियो। यस्तै फ्रान्सका गोलकिपर कप्तान ह्युगो लोरिसले आफ्नो सयौँ अन्तर्राष्ट्रिय खेलमा क्लिनसिट राख्न सफल भएका छन्।

लगातार दुई जितपछि ६ अंकका साथ फ्रान्स समूह सी मा पहिलो स्थानमा छ। यस्तै एक जित र एक बराबरी नितजा निकालेको डेनमार्क दोस्रो स्थानमा छ। डेनमार्कसँग दोस्रो खेलमा बराबरी खेलेको अष्ट्रेलियाको पनि दोस्रो चरण पुग्ने सम्भावना भने कायमै छ।

फ्रान्स अन्तिम १६ मा पुगेको तेस्रो टिम बनेको छ। यसअघि नै आयोजक रसिया र उरुग्वेले अन्तिम १६ मा स्थान तय गरिसकेका छन्।

लगातार दुई हारपछि पेरु भने समूह चरणबाटै बाहिरिएको छ। पेरु पहिलो खेलमा डेनमार्कसँग पराजित भएको थियो। रसिया विश्वकपको समूह चरणबाट बाहिरिने पेरु चौथो राष्ट्र हो। यसअघि नै मोरोक्को, इजिप्ट र साउदी अरेबिया समूह चरणबाटै बाहिरिसकेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell