PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कप्तानले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियालाई दिलाए पहिलो अंक, डेनमार्कसँग खेल्यो बराबरी

कप्तानले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियालाई दिलाए पहिलो अंक, डेनमार्कसँग खेल्यो बराबरी

पहिलोपोस्ट /पहिलोपोस्ट


रसिया विश्वकप अन्तर्गत समूह सी को खेलमा डेनमार्क र अष्ट्रेलियाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलमा दुवै गोल पहिलो हाफमा भको थियो। सातौँ मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युरोपेली राष्ट्र डेनमार्कलाई पहिले अग्रता दिलाएका थिए।

तर ३८औँ मिनेटमा अष्ट्रेलियाका कप्तान मिल जेडिनाकले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे। डेनमार्कका युसुफ पाउलसेनले डि एरिभाभित्र ह्याण्ड गरेपछि प्राप्त पेनाल्टी उनले गोल गरेका हुन्। सुरुमा रेफ्रीले पेनाल्टी नदिएपनि भिएआर मार्फतपछि अष्ट्रेलियालाई पेनाल्टी प्रदान गरिएको हो।

बराबरीपछि डेनमार्कले २ खेलबाट ४ अंक जोडेको छ र समूह सी को शीर्ष स्थानमा छ। साथै अन्तिम १६ मा पुग्ने सम्भावना समेत कायम राखेको छ। डेनमार्कले पहिलो खेलमा पेरुलाई हराएको थियो। एक खेलबाट ३ अंक जोडेको फ्रान्स समूहमा दोस्रोमा छ। २ खेलबाट १ अंक मात्र जोडेको अष्ट्रेलिया तेस्रोमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell