PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बयानमा ‘मुख नखोले’पछि ३३ किलो सुन प्रकरणका पछिल्ला अभियुक्त पोदारको घरमा छानविन टोलीको छापा



सविन ढकाल

बयानमा ‘मुख नखोले’पछि ३३ किलो सुन प्रकरणका पछिल्ला अभियुक्त पोदारको घरमा छानविन टोलीको छापा

काठमाडौं : बयानमा ‘मुख नखोले’पछि ३३ किलो सुन प्रकरणमा समातिएका विमल पोदार बस्दै अाएकाे अपार्रटमेन्टमा   अनुसन्धान टोलीले छापा मारेको छ। 

सुन व्यवसायी पोदार डिल्लीबजारमा रहेको कार्यालयबाट मंगलवार समातिएका थिए। ३३ किलो सुन प्रकरणमा तानिएका पोदार पछिल्ला अभियुक्त हुन्। 

उनको घरमा छापा मार्न प्रहरीसहित गृहको टोली पुगेको हो। हुन्डी कारोबारमा समेत सक्रिय रहेका पोदारको घर खानतलासीबाट महत्वपूर्ण सूचना हात लाग्ने टोलीको अपेक्षा छ।

समातिएका पोदारलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ। सार्वजनिक अपराधको मुद्दामा म्याद थप गरी उनलाई प्रहरी हिरासतमा राखिएको हो। 

सरकारद्वारा गठित विशेष अनुसन्धान टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। पोदारसँग समितिले बयान लिए पनि उनले मुख नखोलेको टोलीका एक सदस्यले जानकारी दिए। पोदारको गाडीसमेत नियन्त्रणमा लिइएको थियो। 

मन्त्रिपरिषद बैठकले टोलीको म्याद थप गरेपछि सक्रियता बढेको हो। जेठ ३० गतेमात्रै टोलीको म्याद थप गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell