PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निशुल्क प्रवेशमा 'अश्वेत'



पहिलोपोस्ट

निशुल्क प्रवेशमा  'अश्वेत'

काठमाडौं : नाटक 'अश्वेत' पुन: मञ्चन हुने भएको छ। ज्योतिश्वर रङ्ग उत्सव २०७५ को अवसरमा नाटक मञ्चन हुने भएको हो। बत्तिसपुतली काठमाडौंमा अवस्थित शिल्पी थियटरमा असार ८ देखि १० गतेसम्म निशुल्क नाटक मञ्चन हुनेछ।

राम के.ए.सी निर्देशित नाटमा शिवप्रसाद अधिकारी, अमृता खनाल, प्रदीप बास्तोला, एलिजा अधिकारी, शिक्षा केसी, दिलीप खड्का, तिर्सना राई, किरण चापागाईं र विज्ञान गजुरेलको अभिनय छ।

नेपथ्यमा संगीतर्फ शिवप्रसाद अधिकारी र भि एफ एक्समा मिलन लोहनी छन्। पौराणिक काल र वर्तमान समयमा नारी अस्तित्व को विषयलाई समेटेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell