PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विवादमा 'रोजी', फिल्मको नाम माथि रोजीका परिवारको आपत्ती



पहिलोपोस्ट

विवादमा 'रोजी', फिल्मको नाम माथि रोजीका परिवारको आपत्ती

काठमाडौं : फिल्म 'रोजी' विवादामा परेको छ। करिव ७ बर्ष अगाडीको रोजी महर्जन हत्याकाण्डमा आधारित भएर फिल्मको छायाँकन सुरु गरिसकेपछि टिम विवादमा परेको हो।

रोजीका परिवारले उक्त फिल्ममाथि आपत्ती जनाएपछि निर्माण टिम र रोजीको परिवार अनि ज्याँपू समुदायबीच त्रिपक्षिय वार्ता भयो।चलचित्र विकास बोर्डमा भएको वार्तामा रोजी परिवारले फिल्मको शीर्षक नै परिवर्तन गर्नुपर्ने अडान गरेका छन्।

एक महिनाका लागि वार्ता स्थगित भएको पनि थियो।  यसबीच विकास बोर्डमा रोजी परिवारले रोजीको निर्माण नै रोकिदिन आग्रह गरेपछि करिव एकहप्ता फिल्मको छायाँकन रोकिएको थियो। निर्माता तथा निर्देशक निरक पौडेलले फिल्मको छायाँकन सूचारु गर्न दिन आग्रह गरेका थिए।

चलचित्रको छायाँकन रोकिदा लाखौंको नोक्सानी भएको समेत निर्देशक पौडेलले जानाएका थिए। निर्माण टिमले रोजीको परिवार र ज्याँपू समुदायका प्रतिनिधिहरुलाई फिल्मको कथानै सुनाइ सकेको दावी गर्छन्। अब भने फिल्मको सम्पादनमा परिवारलाई फिल्म  देखाउने कुरामा वार्ता सकिएको छ।

गोपीकृष्ण मुभिज प्रा.लि. ब्यानरमा निर्माण भईरहेको फिल्म रोजीमा प्रदीप खड्का, पारमिता राज्य लक्ष्मी राणा, मिरुना मगर, कर्मा, बरुण लगायतको अभिनय छ।फिल्ममा राजुविक्रम थापाको छायाँकन रहेको छ। अहिले पुन:  फिल्मको छायाँकन सुरु भएको निर्माण टिमले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell