PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

प्रिभ्यू : डेनमार्क भर्सेस अष्ट्रेलिया



पहिलोपोस्ट

प्रिभ्यू : डेनमार्क भर्सेस अष्ट्रेलिया

रसिया विश्वकप अन्तर्गत समूह सी को खेलमा आज डेनमार्क र अष्ट्रेलियाबीच खेल हुँदैछ। साँझ ५:४५ बजे सुरु हुने खेल समरा एरेनामा हुँदैछ।

युरोपियन राष्ट्र डेनमार्क आजको खेल जित्दै अन्तिम १६ मा स्थान बनाउने दाउमा हुनेछ भने प्रतियोगितामा टिकिरहन अष्ट्रेलियालाई निर्विकल्प जितको खाँचो छ।

डेनमार्कले पहिलो खेलमा पेरुलाई पराजित गरेको थियो भने खेलको अन्त्यतिर गोल बेहोरेपछि अष्ट्रेलिया फ्रान्ससँग २-१ ले पराजित भएको थियो।

सन् २००६ मा प्रिक्वाटरफाइनल पुगेको अष्ट्रेलिया सोही नतिजा दोहोर्‍याउने पक्षमा रहे पनि पहिलो हारले केही कठिन बनेको छ।

यता पहिलो खेल जितेपछि डेनमार्क पनि अन्तिम १६ को लागि फेभरेट टिमको रुपमा रहेको छ। डेनमार्कले अन्तिम खेल फ्रान्ससँग खेल्ने भएका कारण आजको खेल महत्वपूर्ण छ।

डेनमार्कलाई विलियम केभिस्टको चोटले केही सताउनेछ। पेरुविरुद्धको खेलमा घाइते भएका उनी अष्ट्रेलियाविरुद्ध खेल्ने छैनन्। यस्तै फ्रान्सविरुद्ध खेलेका प्रतियोगिताकै युवा खेलाडी ड्यानिएल अर्जानीले डेनमार्कविरुद्ध पहिलो रोजाईमा खेल्ने सम्भावना छ।

यी दुई टोली अहिलेसम्म ३ पटक एकआपसमा भिडेका छन् तर विश्वकप खेल्न लागेको भने यो पहिलोपटक हो। यसअघिको चार भेटमा डेनमार्क २ तथा अष्ट्रेलिया १ पटक विजयी भएको थियो।

अष्ट्रिलयाले युरोपियन राष्ट्रसँग खेलेको ९ विश्वकप खेलमध्ये ७ मा हार बेहोरेको छ भने १ खेल मात्र जितेको छ। सन् २०१० मा अष्ट्रेलियाले सर्बियालाई हराउन सफल भएको थियो।

डेनमार्कले सन् १९८६ को विश्वकपमा सुरुवाती दुई खेल जितेको थियो र अहिले त्यही नतिजा दोहोर्‍याउने पक्षमा छ। अष्ट्रेलियाले अहिलेसम्म खेलेका १४ विश्वकप खेलमध्ये एक खेलमा मात्र क्लिनसिट राखेको छ। सन् १९७४ को विश्वकपमा अष्ट्रेलियाले चिलीसँग गोलरहित बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell