PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सीको फुटबल कूटनीति र विश्वकप सपना



पहिलोपोस्ट

सीको फुटबल कूटनीति र विश्वकप सपना

बिहीबार देखि २१ औँ शताब्दीको २१ औँ संस्करणको विश्वकप रुसमा सुरु भएको छ। फुटबलको एउटा समर्थकको रूपमा चिनियाँ राष्ट्रपति सी जिङपिङले आफ्ना तीन वटा विश्वकप सपना रहेको बताएका छन्। 

पहिलो फेरी पनि विश्वकप फाइनलमा सहभागिता जनाउने, दोस्रो विश्वकपको फाइनल खेलहरूको आयोजना गर्नु र तेस्रो विश्वकपको उपाधि जित्नु। पछिल्लो पटक सन् २००२ मा जापान र दक्षिण कोरियाले आयोजना गरेको विश्वकपमा चीन छनोट भएको थियो। 

उनले फेरी विश्वकपको छनोट चरण पार गर्दै फाइनल खेलहरू खेल्ने आफ्नो सपना देखाएका छन्। पछिल्लो समय राष्ट्रपति सी फुटबल कूटनीतिमा समेत सक्रिय हुन थालेका छन्। 

पछिल्लो पटक उनी जर्मनीको वर्लिनमा भएको चीन र जर्मनको युवा टोलीबिचको मैत्रीपूर्ण खेल हेर्न आफ्नी पत्नी पेङ ल्यूयानसँगै मैदानमा पुगेका थिए। उनलाई साथ दिएकी थिइन जर्मन चान्सलर एन्जेला मर्केलले। उनी २०१७ को जुलाई ५ मा वर्लिनस्थित रंगशालामा पुगेर फुटबलको मजा लिएका थिए।

त्यस्तै उनले फिफाका अध्यक्ष जियानी इन्फान्टीनोलाई गत वर्ष जुन १४ मा बेइजिङमा स्वागत गरे। उनले ग्रेट हल अफ पिपलमा अध्यक्ष इन्फान्टीनोलाई स्वागत गर्दै फुटबलको विकासका लागि साझेदारी गर्ने प्रतिबद्धता जनाए। उनले चिनियाँ फुटबलको विकासका भइरहेको समेत बताए। 

कूटनीति क्षेत्रमा माहिर मानिएका सीले कूटनीतिका हरेक क्षेत्रको प्रयोग गर्छन् भन्ने उदाहरण हो उनको खेल कूटनीति उनी सन् २०१५ को अक्टोबर १३ मा तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुसँगै म्यानचेस्टरमा रहेको सिटी फुटबल एकेडेमीको भ्रमण गर्दै चीनमा फुटबल विकासका लागि समेत छलफल गरे। 

खेलाडीसँगको सेल्फी

उनी कम्युनिस्ट नेता हुन्। साथै मैत्रीभाव समेत राख्छन्। म्यानचेस्टर सिटी फुटबल एकेडेमी भ्रमणका क्रममा उनले त्यहाँ खेलाडीहरूसँग समेत भलाकुसारी गरेका थिए। सी एकेडेमी पुगेका मौकामा खेलाडीहरूले सेल्फी लिन समेत भ्याए। म्यानचेस्टर सिटीका स्टार तथा अर्जेन्टिनी खेलाडी सेर्जियो अगुइरोले चिनियाँ राष्ट्रपति सी र बेलायती प्रधानमन्त्री क्यामरुनसँग सेल्फी लिएर सामाजिक सञ्जालमा पोस्ट गरे। उनले लेखेका थिए, ‘सेल्फीका लागि धन्यवाद राष्ट्रपति सी।’

सीलाई अर्जेन्टिनाको १० नं. जर्सी

फुटबलमा १० नं. को जर्सी चर्चित तथा स्टार खेलाडीको रोजाइमा पर्छ। अर्जेन्टिनाको १० नं. जर्सी लिजेन्ड खेलाडी डियागो म्यारोडोन, एरियल वर्टेगा, लियोनेल मेसीलगायतले अर्जेन्टिनाको १० नं. जर्सी लगाएर फुटबलमा आफ्नो छाप छाडेका छन्। 


चिनियाँ राष्ट्रपति सी जिङपिङको सम्मानमा अर्जेन्टिनाले आफ्नो देशको १० नं. को जर्सी प्रदान गरेको थियो। सन् २०१४ को जुलाई १९ मा अर्जेन्टिनाको भ्रमणका क्रममा सीलाई त्यहाँका तत्कालीन उपराष्ट्रपति अमाडो बोउडोले सी जिङपिङ लेखिएको १० नं. जर्सी प्रदान गरेका थिए। 

उनी पटक-पटक फुटबल मैदानमा पुग्ने गरेका छन्। सन् २०१४ को मार्च २९ मा वर्लिनको मैदानमा वर्लिनमा चिनियाँ फुटबल खेलाडी र उल्फवर्ग क्लबको जमर्न पीयर्ससँगको खेल अवलोकन गरेका थिए। त्यहाँ उनले साना फुटबल खेलाडीहरूसँग पत्नी पेङसँगै सामूहिक तस्बिर खिचाएका थिए।    

बेकहमको अटोग्राफसहितको जर्सी सीलाई उपहार

सन् २०१२ को फेब्रुअरीमा उनी लस एन्जलस लेकर्सको बास्केटवलको जर्सी प्राप्त गरेका थिए। तत्कालीन उपराष्ट्रपतिको रूपमा त्यहाँ पुगेका सीलाई एनबीए स्टार कोक ब्रायन्टको अटोग्राफ सहितको जर्सी उपहार दिइएको थियो। 

त्यस्तै उनलाई लस एन्जलस ग्यालेक्सी क्लबका स्टार डेभिड वेकहमको अटोग्राफ सहितको जर्सी समेत उनलाई उपहार दिइएको थियो। वेकहम र पूर्व लेकर्सका पूर्वस्टार अर्भिन ‘म्याजिक’ जोन्सनले जर्सी उपहार दिएका थिए। अमेरिकाको भ्रमणका क्रममा लस एन्जलसमा एनबीएको म्याच हेर्न पुगेका थिए। 

वायर लेभरकुसन फुटबल क्लबको जर्सी

सन् २००९ मा सीलाई जर्मनको चर्चित फुटबल क्लब वायर्स लिभरकुसनको जसी समेत उपहार दिइएको थियो। जर्मन फार्मासिटिकल वायर्सको भ्रमणको क्रममा उनलाई यो जर्सी उपहार दिइएको थियो। सी जिङपिङ लेखिएको १० नं. जर्सी सीलाई उपहार दिइएको थियो। 

सन् २०१८को विश्वकपमा चीन सहभागी छैन। यद्यपि चीनले भविष्यमा विश्वकपको आयोजना गर्ने गरी तयारी गरिरहेको छ। सीका तीन सपना मध्ये दुई सपना छिट्टै नै पूरा हुने चाइना डेलीले जनाएको छ। समाचारमा अगाडि भनिएको छ, ‘र चीन आफ्नो तेस्रो सपना पूरा गर्नका लागि महत्त्वकांक्षी योजनासहित फुटबलको विकासमा लागि परिरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell